फाइनलमा शतप्रतिशत दिएर खेल्छौं : कप्तान सन्दीप

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले फाइनल खेलमा सत प्रतिशत दिएर उपाधिका लागि खेल्ने बताएका छन् ।
फाइनल खेलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले घरेलु दर्शकमाझ खेल्न सहज हुने र आफ्नो सत प्रतिशत दिएर खेल्ने बताए ।
‘फाइनल खेल निकै नै महत्पूर्ण छ । हामी उपाधि जित्न आफ्नो सत प्रतिशत दिएर खेल्छौं,’ सन्दीपले भने ।
नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचको फाइनल खेल कीर्तिपुर.स्थित टियु मैदानमा दिउसो साठे १२ बजे सुरु हुनेछ ।
त्रिदेशिय टी–२० खेलमा नेपाल सहित पीएनजी र मलेसियाको सहभागिता थियो । नेपाल प्रतियोगिताको चार खेलमा अपराजित रहँदै फाइनल पुगेको हो । पीएनजी २ अंक भए पनि फाइनल पुग्न सफल भएको थियो ।
यो शृंखला कप्तान सन्दीप लामिछानेको लागि समेत निकै महत्त्वपूर्ण रहेको छ । उनको कप्तानीमा नेपाल पहिलो पटक कुनै श्रृंखला नजिक रहेको छ ।
खेलाडी र क्यानबीचको विवादसँगै क्यानले सन्दीपलाई कप्तानी घोषणा गरेको थियो ।
सन्दीपले भने यस विषयमा श्रृंखला सबै खेलाडीको लागि उत्तिकै महत्त्वपूर्ण हुने र आफूलाई समेत सोही भएको बताए ।
‘टिमको सदस्य हुँ । अरूलाई जस्तो मलाई पनि उस्तै छ । मेरो कप्तानमा केही विशेष भन्ने हुँदैन,’ सन्दीपले भने ।
यस्तै उनले घरेलु दर्शकमाझ खेल्दा सधैँ ऊर्जा प्राप्त हुने र भोलिसमेत प्रतियोगिता जित्न खेल्ने बताए ।
















बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया