१८ दिनमा हलेसी मन्दिरबाट पाँच लाख भेटी संकलन

खोटाङ । १८ दिनमा खोटाङको त्रि–धार्मिक स्थल हलेसीबाट पाँच लाख भेटी संकलन भएको छ । गत १ चैतदेखि १८ चैतसम्ममा हलेसी महादेव मन्दिरमा दर्शन गर्न आएका दर्शनार्थीबाट ५ लाख ४ हजार ९०० भेटी रकम संकलन भएको हो ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने मन्दिरको शिव पार्वती थानबाट ४ लाख ३६ हजार र मन्दिरको प्राङ्गणमा रहेको दान पेटिकाबाट ६८ हजार ९०० आम्दानी भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए ।
हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसी मन्दिरबाट भएका आम्दानीमध्ये पानी, भेटी गणना, अतिथि सत्कार, खाजा लगायतमा ६२ हजार ५१० खर्च गरेर बाँकी रहेको ४ लाख ४२ हजार ३९० रकम माछापुच्छ्रे बैंकको हलेसी शाखामा खोलिएको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको छ । हलेसीमा आउने दर्शनार्थीले चढाएका भेटी रकमलाई गणना गरेर आम्दानीका रूपमा सार्वजनिक गर्नेगरिएको छ ।
यस अवधिमा सिन्धुपाल्चोक धुमथा–१ का धनबहादुर गुरुङले १ तोलाको सुनको दियो र ३ तोला ८७ लालको चाँदीको प्लेट चढाएको सूचना केन्द्रले जनाएको छ । यस्तै, बुढानीलकण्ठ नगरपालिका–१० कपनका कान्छा तामाङले २५.१० तोलाको विस्फोट आकारको १ थान चाँदी चढाएका छन् ।
यस्तै, अन्य दर्शनार्थीले भारु ३ हजार ४००, अमेरिकन डलर १, चाँदी १४.६५ तोला र सुन ०.००५९ तोला चढाइएको सूचना केन्द्रका प्रमुख राईले जानकारी दिए ।
















गफ दिनेलाई सम्मान गरेर देश बन्दैन : हर्क साम्पाङ
मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी
HoR election: 12 former ministers in fray in Sudurpaschim Province
कांग्रेस सभापति गगन थापा सर्लाहीमा
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया