नयाँ वर्षमा शाओमीको “मि मा डबल मज्जा” अफर

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो उपभोक्ताको लागि शाओमी टेलिभिजन खरिदमा शानदार अफर ल्याएको छ । यो अफर अन्तर्गत कुनै पनि मि टेलिभिजनको खरिदमा उपभोक्ताहरुले एउटा मि नोटबुक प्रो अथवा ४० इन्चको मि द्धब् टेलिभिजन जित्न सक्नेछन् ।
प्रिमियम प्राइस सेग्मेन्टमा शाओमीले यस्तो स्थान बनाएको छ जसले गर्दा नयाँँ टिभि किन्न चाहने उपभोक्ताहरुको लागि बजारमा यो भन्दा राम्रो विकल्प छैन । उपभोक्ताको माग र नजिकिँदै गरेको नयाँँ वर्षलाई ध्यानमा राखेर शाओमीले “मि मा डबल मज्जा” अफर ल्याएको छ ।
यो अफर अन्तर्गत मि टेलिभिजन खरिद गर्नेे एक जना भाग्यशाली विजेताले लक्की ड्र मार्फत बम्पर उपहारको रुपमा मि नोटबुक प्रो र ६ जना भाग्यशाली विजेताहरुले साप्ताहिक लक्की ड्र मार्फत ४०” को मि द्धब् टेलिभिजन जित्न सक्नेछन् ।
मि टेलिभिजनले एन्ड्रोइड सपोर्ट गर्ने भएकोले यसले प्ले स्टोरमा भएको ४००० भन्दा बढी एपहरु सपोर्ट गर्छ । यसको अर्को विशेषता भनेको यसमा भएको स्मार्ट ब्लुटुथ रिमोट हो जसले गर्दा च्यानल चेन्ज गर्न टिभिमै रिमोट पोइन्ट गरी राख्नुपर्दैन र यसमा नेपाली भाषामै युट्युब र नेट फ्लिक्समा सर्च गर्न मिल्छ ।
साथै यसमा भएको डाटा सेभर टेक्नोलोजीले मोबाइल डाटाबाटै टिभि हेर्दा पनि अरु टिभिमा भन्दा ४०% बढी डेटा बचत गर्छ । मि टेलिभिजनको अर्को विशेषता भनेको यसमा भएको फ्रेम रेट रिडक्सन टेक्नोलोजी हो ।
बजारमा उपलब्ध यसको ३२ देखि ६५ इन्चको जुन टिभि किने पनि उही फिचरहरु भएकोले गर्दा सानो टिभि किने पनि ठुलो टिभिमै जस्तो सम्पूर्ण फिचरहरुको मज्जा लिन सकिन्छ । यसको बजार मुल्य रु. २९,९००/– देखि १,०९,९९/– सम्म रहेको छ । यो अफर चैत्र १८ गते देखि वैशाख ३१ गते सम्म लागु हुनेछ ।

















ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
पार्टी हारपछी मकवानपुर एमाले अध्यक्षले गरे राजीनामा घोषणा
सन्दर्भ अन्तरराष्ट्रिय महिला दिवसः अन्धकारमा ज्योति बाल्न सङ्घर्षरत महिला
महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति
डोल्पामा नेकपाका बुढा विजयी
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
विश्वकप क्रिकेटः भारतविरुद्ध टस जितेर पहिले बलिङ गर्दै इङ्ल्यान्ड
प्रतिक्रिया