मंगलबार, चैत १७, २०८२

एलन मस्कले ट्वीटरको ९.२ प्रतिशत शेयर किने

मेरोन्यूज २०७८ चैत २१ गते १९:३०

एजेन्सी । टेस्ला कम्पनीका सीईओ एलन मस्कले सामाजिक सञ्जाल ट्वीटरको ९.२ प्रतिशतको शेयर खरिद गरेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

यूएस एसईसी (सेक्युुरिटिज एण्ड एक्सचेन्ज कमिसन) फाइलिङका अनुसार टेस्लाका संस्थापकसमेत रहेका मस्कले मार्च १४ मा ट्वीटरको करिब २ अर्ब ८९ करोड डलरबराबरको शेयर खरिद गरेका थिए ।

यो समाचार सार्वजनिक भएसँगै ट्वीटरको शेयर भाउ प्रि मार्केट टे्रडिङमा २५ प्रतिशतसम्म बढेको छ । ट्वीटरको उक्त शेयर खरिद गरेसँगै मस्क ट्वीटरको सबैभन्दा धेरै शेयर भएको व्यक्ति बनेका छन् । ट्वीटरका संस्थापक ज्याक डोर्सीको २।२५ प्रतिशतको शेयर छ ।

मस्क धेरै ट्वीटर चलाउँछन् । ट्वीटरमा उनका ८ करोड फलोअर्स छन् । यद्यपि नयाँ सामाजिक सञ्जाल ल्याउने विषयमा पनि सोचिरहेका छन् ।

प्रतिक्रिया