रारा बिमानस्थलमा निजी विमानले उडान रोक्दा यात्रुलाई सकस

मुगु । मुगु जिल्लाको ताल्चामा अवस्थित रारा बिमानस्थल निजि हवाई जहाज नचल्दा केही दिन यता देखि यात्रु लाई सकस भएको छ । रारा विमानस्थलमा नियमित रुपमा उडान भर्दै आई रहेका निजी जहाजहरुले उडान रोके पछि जिल्ला आउने र जिल्ला भन्दा बाहिर जाने यात्रुलाई सकस भएको होे ।
मुगुमा पछिल्लो समय तारा एयर , समिट एयर , र सीता एयरले नेपालगन्ज विमानस्थल बाट रारा विमानस्थलका लागि दैनिक रुपमा उडान भर्दै आई रहेका थिए । सो जहाज मुगुमा उडान नभरी पुर्व तिर उडान भर्नाले यहाका यात्रु लाई सास्ती भएको बताइएको छ । प्रत्येक दिनमा चारदेखि पाँच पटक सम्म उडान भर्दै आई रहेका थिए ।
जिल्लामा केही दिन यता देखि नेपाल वायुसेवा निगमको जहाजले हप्तामा चार पटक उडान भर्दे आई रहेको छ । त्यसमा पनि जटिल खालका बिरामी लगायत विद्यार्थीलाई प्राथमिकतामा राखिएको छ ।
रारा विमानस्थलमा नेपाल वायुसेवाले हप्तामा आईतबार , मंगलबार , शुक्रबार र शनिबारमा मात्र उडान भर्दे आई रहेको रारा विमानस्थल ताल्चाका कार्यालय प्रमुख सन्तोष कुमार गौतमले बताए । रारा विमानस्थलमा उडान कम भए पछि सहजै रुपमा टिकट पाउन मुस्किल छ ।
जिल्ला प्रशासन कार्यालय मुगुले नेपाल वायुसेवामा हरेक उडानमा दुईवटा सिट अत्यावश्यक कर्मचारी र विरामीलाई सुरक्षित गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।
उनका अनुसार पछिल्लो समय कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारामा पर्यटक बढ्न थाले पछि नेपाल वायुसेवाको चार्टर उडान भएकाले ल्याउने उता लैजाने अवस्था सिर्जना भएको छ ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया