बुधबार, चैत १८, २०८२

हुम्लामा चुनावी तालमेल गर्ने सत्ता गठबन्धनकाे निर्णय, गठबन्धनलाई असर पर्नेगरी अभिव्यक्ति नदिने सहमति

मेरोन्यूज २०७८ चैत २२ गते ९:३७

हुम्ला । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलले हुम्लामा चुनावि तालमेल गर्ने भएका छन् । हुम्लाका सात गाउँपालिका तथा ती पालिकाका ४४ वडामा गठबन्धनका दलहरुबीच तालमेल हुने भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

केन्द्रीय गठबन्धनमा रहेका दलहरूबीच हुम्ला जिल्ला सदरमुकाम सिमकोटमा रहेको बिपि चिन्तन प्रतिष्ठानमा संयुक्त बैठक बसेर मिलेर चुनाव लड्ने निर्णय भएको एकीकृत समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष तीर्थराज रोकाया बताए ।

कांग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंहको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तीनै दल९कांग्रेस, माओवादी केन्द्र र एकीकत समाजवादी० बीच तालमेल गरेर जाने निर्णय गरेको हो ।

चुनावी अभियानका क्रममा गाउँघरमा कार्यक्रम सञ्चालन गर्दा गठबन्धनलाई असर पर्नेगरी अभिव्यक्ति नदिनेसमेत सहमति पनि भएको कांग्रेस हुम्लाका सभापति सिंहले बताए । गठबन्धनको अर्को बैठक २६ चैतमा बस्नेछ ।

प्रतिक्रिया