सोमबार, माघ ५, २०८२

उदयपुरमा १५ वर्षीया बालिकाको हत्या, २ जना पक्राउ

मेरोन्यूज २०७८ चैत २२ गते १५:०१

काठमाडौं । उदयपुरको बेलका नगरपालिकास्थित श्री कोसी जनता माध्यमीक विद्यालयको कक्षा १० मा पढ्ने १५ वर्षीया कबिता सुनुवारको हत्या गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।

वियरको बोतल र ढुंगा प्रहार गरेर हत्या गरेको अभियोगमा प्रहरीले १९ वर्षीय विनोद ढकाल र १७ वर्षीया नाबालिकालाई पक्राउ गरेको छ । पक्राउ परेकी नाबालिका मृतक कविता सुनुवारसँगै कोशी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा पढ्थिन् ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको हो । बेलका नगरपालिका–३ बुद्धचौकीस्थि विद्यालय जाँदै गरेकी १५ वर्षीया कविता सुनुवारको जसोधा खोलामा हत्या भएको हो । उनी एसईईको तयारीका लागि अतिरिक्त कक्षा लिन विद्यालय जाँदै गथिइन् ।

स्थानीयले बालिकाको शव खोला किनारामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनी बिहान ४ बजे घरबाट निस्केकी थिइन् । कर्तव्य गरी हत्या भएको जस्तो देखिए पनि अहिले नै यकिन नभएको उदयपुरका प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहोराले बताए ।

प्रहरीले कुकुरसहितको विशेषज्ञ टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया