उदयपुरमा १५ वर्षीया बालिकाको हत्या, २ जना पक्राउ

काठमाडौं । उदयपुरको बेलका नगरपालिकास्थित श्री कोसी जनता माध्यमीक विद्यालयको कक्षा १० मा पढ्ने १५ वर्षीया कबिता सुनुवारको हत्या गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
वियरको बोतल र ढुंगा प्रहार गरेर हत्या गरेको अभियोगमा प्रहरीले १९ वर्षीय विनोद ढकाल र १७ वर्षीया नाबालिकालाई पक्राउ गरेको छ । पक्राउ परेकी नाबालिका मृतक कविता सुनुवारसँगै कोशी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा पढ्थिन् ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको हो । बेलका नगरपालिका–३ बुद्धचौकीस्थि विद्यालय जाँदै गरेकी १५ वर्षीया कविता सुनुवारको जसोधा खोलामा हत्या भएको हो । उनी एसईईको तयारीका लागि अतिरिक्त कक्षा लिन विद्यालय जाँदै गथिइन् ।
स्थानीयले बालिकाको शव खोला किनारामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनी बिहान ४ बजे घरबाट निस्केकी थिइन् । कर्तव्य गरी हत्या भएको जस्तो देखिए पनि अहिले नै यकिन नभएको उदयपुरका प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहोराले बताए ।
प्रहरीले कुकुरसहितको विशेषज्ञ टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।
















वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
प्रतिक्रिया