१३ छात्रालाई बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड
मेरोन्यूज
२०७८ चैत २२ गते १६:१०

जकार्ता । इन्डोनेसियाको एक इस्लामिक बोर्डिङ स्कुलमा १३ किशोरीलाई बलात्कार गर्ने एक शिक्षकलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
हेरी विरावनले १२ देखि १६ वर्षका उमेरका १३ जना छात्राहरूसँग यौनसम्पर्क गरेका थिए । पीडितमध्ये नौ जनाले आफूहरू गर्भवती भएको बताएका थिए ।
फेब्रुवरीमा विरावनलाई एक अदालतले जन्मकैदको सजाय सुनाएको थियो । तर, सो फैसलाप्रति असन्तुष्ट अभियोजकहरूले मृत्युदण्डको माग गर्दै पुनः उजुरी गरेका थिए ।
‘हामी प्रतिवादीलाई मृत्युदण्डको सजाय दिन्छौँ,’ बान्डुङ्ग उच्च अदालतको वेबसाइटमा सोमबार पोस्ट गरिएको एउटा विज्ञप्तिमा न्यायाधीशले भनेका छन् ।
सम्बन्धित
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया