स्थानीय तह निर्वाचन-२०७९
यी हुन् निर्वाचन आयोगले दलहरुलाई दिएको ६० बुँदे निर्देशन (पुर्णपाठ)
उम्मेदवारले पोष्टर, भित्ते लेखन, तुल, व्यानर, डिजिटल डिस्प्ले प्रयोग गर्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दलहरुलाई निर्देशन दिएको छ ।
मंगलबार राजनीतिक दलका प्रतिनिधिलाई आयोगमै बोलाएर स्थानीय निर्वाचन २०७९ का बेलामा राजनीतिक दलहरुले गर्न नहुने कामका बारेमा ६० बुँदे निर्देशन दिएको हो ।
आयोगको निर्देशन अनुसार दलहरुले कुनै प्रकारको पोष्टर, भित्ते लेखन, तुल, व्यानर, डिजिटल डिस्प्ले छाप्न वा छपाउन वा प्रयोग गर्न वा गराउन पाउने छैनन् । यस्तै कुनै पनि धार्मिक, पुरातात्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक वा निजी भवन, स्मारक, पर्खाल वा बनोटमा कुनै पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन पाइने छैन ।
यसैगरी सभा वा भेला र भेलाको लागि सूचना प्रवाह गर्ने प्रयोजनका लागि वाहेक अन्यत्र साउण्ड सिस्टमको प्रयोग नगर्न पनि आयोगले भनेको छ ।
स्थानीय तह सदस्य निर्वाचन, २०७९ को प्रयोजनको निम्ति दर्ता भएका राजनीतिक दलहरुले आयोगमा उपस्थित भई आचारसंहिता कार्यान्वयनमा प्रतिवद्धता व्यक्त गरेका आयोगले जनाएको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया