यी हुन् राष्ट्रबैकले अर्थमन्त्रीलाई दिएको १५ बुँदे सुझाव

काठमाडौँ । विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि त्यसको उपाय खोजी गर्न सरकारले सरोकारवालाहरुसँग बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गदैछ ।
सत्तागठबन्धन दलमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्टिय जनमोर्चाका शीर्ष नेताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले यस्तो खालको बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने र त्यहाँवाट प्राप्त सुझाव सम्मलाई आधार बनाएर सरकारले काम गर्ने निर्णय गरेको थियो ।
त्यही निर्णयका आधारमा सत्ता गठबन्धन दलहरुको सहमतिमा सरकारका तर्फबाट सरोकारवाला पक्षहरुसँग सिंहदरवारमै बृहत अन्तरक्रिया कार्यक्रम आयोजना हुन लागेको छ ।
त्यस अगाडी नेपाल राष्ट्र बैंकले पनि अर्थमन्त्री जर्नादन शर्मालाई सम्वोधन नै गरेर १५ बुँदामा केन्द्रीत गरेर वह्य क्षेत्र सुधारका सम्वन्धमा सुझाव पेश गरेको छ । लिखित रुपमा नै राष्ट्र बैंकका गर्भरनले अर्थमन्त्रीलाई त्यस्तो सुझाव दिएका हुन् ।
राष्ट्र बैंक सम्मको सुझावमा अहिले अर्थमन्त्रालयले छलफल गरिरहेको छ । राष्ट्र बैंकले दिएको सुझाव र देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिादै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँगको वृहत अन्र्तक्रियाबाट आएका सुझाव सम्मलाई आधार बनाएर सरकारले मन्त्रिपरिषद्मा प्रस्ताव लगेर त्यससम्वन्धमा चाल्नुपर्ने कदमका बारेमा निर्णय लिने तयारी छ ।
राष्ट्र बैकले भने नीजि सवारी साधानमा जोर विोर प्रणाली लागु गर्ने देखि आइतबार र शनिवार सार्वजनिक विदा दिने, २०७९ असार मसान्तसम्म नीजि सवारी साधान आयातमा पूर्ण रुपमा रोक लगाउने सम्मका सझुाव अर्थमन्त्रीलाई दिएको छ ।
यी हुन् राष्ट्रबैकले दिएका सुझाव
- नीजि सवारीमा जोर विजोर प्रणाली लागु
- शनिवार र आइतबार सार्वजनिक विदा
- २०७९ असार मसान्तसम्म नीजि सवारी साधानमा पूर्ण रुपमा रोक
- पेटोलियम पदार्थको कुल विल भुक्तानी मासिक १२ /१३ अर्वको सिमा भित्र रहने गरी आयात गर्ने
- विधुतको महशुल घटाउने, घरेलु विधुतिय उपकरणको खरिदमा अनुदान प्रदान गर्ने, एलपी ग्याँसमा रहेको अनुदान तत्काल खारेज गर्ने
- पेट्रोलियम पदार्थको आयातलाई ५ वर्षभित्र कम्तीमा २० प्रतिशतले कम गर्ने
- अत्यावश्यक वाहेकका ब्यापारिक बस्तुको आयातमा कुनै पनि प्रकारको कर्जा प्रवाह नगर्ने ब्यवस्था लागु गर्नुपर्ने
- टेलिभिजन, मोवाइल सेट मदिरा लगायतका विलासिताका सामान आयातलाई भन्सार तथा करको माध्यमवाट नियन्त्रण गर्ने
- सुपारी छोकडा, मरिच, केराउ पोस्तादाना जस्ता आयातमा नियन्त्रण गर्ने
- नेपाल आउने पर्यटकलाई भिसा तथा नविकरण शुल्क, प्रवेश शुल्क रोयल्टी जस्ता भुक्तानी तथा सेवाहरु अनलाइनबाट तत्कालै उपलब्ध गराउने
- स्थगित भएको नेपाल भ्रमण वर्षका कार्यक्रमलाई आगामी वर्षका लागि घोषणा गरी लागु गर्ने
- हुन्डी लगायत विदेशी विनिमय अपचलन सम्वन्धी कारोबारलाई नियन्त्रण गर्ने र दोषीलाई कारवाही गर्ने
- विप्रेषण पठाउने र प्राप्त गर्नेको सहजताका लागि सातै दिन चौविसै घण्टा सहयोगी कक्षको अनिवार्य ब्यवस्था गर्ने र यसमा लाग्ने शुल्कमा कम्तीमा ५० प्रतिशत शुल्क अनुदानको ब्यवस्था गर्ने
- भारतबाट आउने अनौपचारिक विप्रेषणलाई औपचारिक माध्यमवाट ल्याउन उच्चस्तरमा वार्ता गर्ने

















श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
भारतले जित्यो टि–२० विश्वकपको उपाधि
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
इलाम–२ मा सुहाङको अग्रता कायमै
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
प्रतिक्रिया