‘शिरिषको फूल’ नाटक पोखरामा मञ्चन हुँदै

पोखरा । मदन पुरस्कार विजेता उपन्यास शिरिषको फूललाई नाटकमा देखाउन लागिएको छ । बिहीबार पोखरा थियटरको गन्धर्व नाटकघरमा नाटक मञ्चन गर्न लागिएको हो । २७ चैतसम्म मञ्चन हुने नाटकको निर्देशन अञ्जान प्रदीपले गर्नेछन्
थिएटर मल र पोखरा थिएटरको सहकार्यमा हरेक दिन साँझ ५ बजे नाटक मञ्चन हुन लागेको आयोजकले जनाएको छ । शनिबार भने दिउँसो १ बजे पनि देखाइने छ ।
केदार श्रेष्ठको परिकल्पना रहेको नाटकमा समृद्धि नेपाल, सञ्जय विश्वकर्मा, हाङ ओ हाङ राई, सविना गोपाली, मञ्जु महर्जन, अञ्जु रिजाल, अस्मिना भारती, रेजी बस्नेत र जेनी सुनुवारले अभिनय गरेका छन् ।
थिएटर मलका संस्थापक तथा परिकल्पनाकार केदार श्रेष्ठले शिरिषको फूलको देशयात्रा पोखराबाट गर्न लागेको बताए । पोखरा थिएटर संस्थापक परिवर्तनले पोखरालाई नाटकको सहरका रूपमा चिनाउन यो नाटक अझै प्रभावकारी हुने बताए ।
पोखरा थिएटरले स्थापनादेखि नै विभिन्न रंग समूहसँगको सहकार्यलाई महत्व दिँदै आएको छ । औपचारिक रूपमा पोखरामा रंगमञ्च तयार गरेर भर्खरै नाटक देखाउन थालिएको हो ।










एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे
यस्तो छ आजका लागि कृषि उपजको मूल्य
यस्तो छ आजको मौसम पूर्वानुमान
धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
प्रतिक्रिया