पल शाहलाई थुनामा राख्न आदेश

काठमाडौँ । नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न नवलपुर जिल्ला अदालतले आदेश दिएको छ ।
नवलपुर जिल्ला अदालतमा शाहसँग मंगलबार र बुधबार लिएको थुनछेक बहसपछि उक्त अदातलतले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । न्यायधीश अर्जुन अधिकारीको इजलासले मुद्दाको किनारा लगाउने समयसम्मका लागि थुनामै राख्न आदेश दिएपछि उनलाई पुनः बुधबार राति कारागारमा ल्याई राखिएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
कावासोतीस्थित नवलपुर जिल्ला अदालतले तनहुँ कारागारमा नै थुनामा राख्न आदेश भएकाले बुधबार राति १२ः३० बजे तनहुँ कागारमा राखिएको उनले बताए । अभिनेता शाहलाई तनहुँका अतिरित्त पूर्वी नवलपरासीमा पनि बालिकामाथि यौन शोषण गरेको आरोप उजुरी परेपछि नवलपरासीमा हाजिर गराइएको थियो ।
एक वर्षअघि नवलपुरको गैँडाकोटमा सुटिङको क्रममा मादक पदार्थ खुवाएर बलात्कार गरेको भन्दै व्यास नगरपालिका १० की एक किशोरीले इलाका प्रहरी कार्यालय गैँडाकोटमा पनि किटानी जाहेरी दिएकी थिइन् । त्यसपछि चैत्र ३ गते जिल्ला अदालत नवलपुरमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको थियो ।
शाहका वकिलले तनहुँ जिल्ला अदालतको पुर्पक्षको लागि तनहुँ कारागारमा राख्न भएको आदेशविरुद्ध चैत्र १५ निवेदन र्दिएका थिए । निवेदनमा पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग राखिएको थियो ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया