बुधबार, चैत १८, २०८२

नेपालीको शिर झुक्न दिन्न : मन्त्री आले

मेरोन्यूज २०७८ चैत २४ गते २१:५३

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले तीन करोड नेपाली जनताको शिर झुक्न नदिने गरी काम गर्ने बताए ।

Advertisement
nepal life insurencenepal life insurence

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले भक्तपुरमा आजदेखि सुरु गरेको छैठौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेलाको उद्घाटन कार्यक्रममा उहाँले आफू पदमा रहँदा कुनै पनि विचलन हुने काम भए तत्कालै पद छाड्ने बताएका हुन् । देशका गलत तत्वलाई ठेगान लगाउन आफू मन्त्री भएको बताउँदै उनले कहीकतै त्यस्ता तत्व भए खबर गर्न आह्वान गरे ।

विगतका प्रत्येक मन्त्रीले क्यासिनो सञ्चालकसँग करोड लिने गरेको आरोप लगाउँदै मन्त्री आलेले भने, ‘क्यासिनोको कर उठाउन मैले पटकपटक सूचना निकालेर ताकेता गरेँ, तर अटेर गरे, उनीहरु अटेसमटेस भएनन्, विगतका प्रत्येक मन्त्रीको गोजीमा एक÷दुई करोड हालिदिएपछि सबै चुप लाग्ने रैछन्, मलाई त्यस्तै सोचेर मन्त्रालयको ढोकासम्म आउने र मन्त्री भेट्नु पर्यो भने, मैले पहिला कर तिरेर मात्रै भेट्न आउनुस् भनेर पठाएँ, राज्यको कर नतिर्ने क्यासिनोबाट मैले एक अर्ब पाँच करोड रुपैयाँ राजस्व उठाएँ ।’

भोलिदेखि आचारसंहिता लाग्ने भएकाले पाँच दलीय गठबन्धनको अबको बैठकले ७७ वटै जिल्लामा पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष सबै पदमा तालमेलको स्पष्ट खाकासहितको सहमति बन्ने बताउँदै सोही सहमतिलाई सफल पार्न निर्वाचनका लागि गठबन्धन सक्रिय भएर लाग्न उनले आग्रह गरे ।

प्रतिक्रिया