लमजुङमा किसानलाई माछाका भुरा वितरण गरिदै

लमजुङ । मर्स्याङदी गाउँपालिकाका माछापालन गर्ने किसानले माछाको भुरा सहयोग गरेको छ । गाउँपालिका पशु सेवा शाखाले माछापालन गर्ने ९ जना किसानलाई माछाको भुरा प्रदान गरेको हो ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले किसानलाई माछाको भुरा हस्तान्तरण गरेका हुन् । गाउँपालिकाको आर्थिक वर्ष ०७८र०७९ पशुसेवा तर्फको वार्षिक स्वीकृत कार्यक्रमको मत्स्य मिसन कार्यक्रम अन्तर्गत माछाको भुरा प्रदान गरिएको हो ।
गाउँपालिकाको वडा ४, ५, ६, ७ र ९ का माछापालक किसानलाई भुरा प्रदान गरिएको पशु सेवा शाखाका प्रमुख पवन श्रेष्ठले बताए । उनका अनुसार माछापालन गर्दै आएका किसानलाई व्यवसायमा थप सहज बनाउन निःशुल्क रुपमा भुरा प्रदान गरिएको हो । ९ जना किसानलाई गरी १५ हजार भुरा दिइएको छ । तनहुँको खहरेबाट ९५ हजार रुपियाँमा भुरा खरिद गरी ल्याएर किसानलाई दिएको गाउँपालिकाले जनाएको छ । माछाको भुरा कार्प जातको छ ।
कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, रोही कार्प र नैनी कार्प माछा छन् । माछा करिव ९ महिना उमेरको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले मत्स्य मिसन कार्यक्रम गाउँपालिकाले कार्यक्रमका लागि १९ लाख बजेट रहेको छ । अहिले भुरा प्रदान गरिएका किसानलाई यसअघि माछा पोखरी निर्माणका लागि ५० प्रतिशत अनुदान दिएको थियो । अहिले माछा पोखरी निर्माण भइसकेको छ ।

















श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
भारतले जित्यो टि–२० विश्वकपको उपाधि
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
इलाम–२ मा सुहाङको अग्रता कायमै
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
प्रतिक्रिया