न्यू इयर इभमा फोनपे गर्दा २० जनाले हेलिकप्टरमा सगरमाथा घुम्न पाउने

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले २०७८ सालको अन्तिम दिन चैत ३० गते ‘न्यू इयर इभ’ का दिन फोनपे मार्फत भुक्तानी गर्ने ग्राहक र व्यवसायीका लागि विशेष अफर सार्वजनिक गरेको छ ।
यस अफर अन्तर्गत न्यू इयर इभका दिनमा फोनपे मार्फत कारोबार गर्ने १० जना ग्राहक र १० जना मर्चेन्ट (व्यवसायी) गरी २० जनाले आकर्षक अफर प्राप्त गर्नेछन् ।
भाग्यशाली १० जनाले हेलिकप्टरमार्फत विश्वकै अग्लो हिमाल सगरमाथा घुम्न पाउनेछन् भने सगरमाथा आधार शिविर नजिक रहेको होटल एभरेष्ट भ्यूमा ब्रेक फाष्ट गर्ने अवसर प्राप्त हुनेछ । डिजिटल करोबारलाई प्रोत्साहन गर्न यस किसिमको योजना ल्याएको फोनपेले जनाएको छ ।
यो योजनामा २९ गते राति १२ बजेदेखि ३० राति १२ बजेसम्म कारोबार गर्ने सबै व्यक्ति र मर्चेन्ट सहभागी हुनसक्ने छन् ।
कम्पनीका अनुसार गोलाप्रथा मार्फत विजेता घोषणा गरिनेछ । यस्तै सोही दिन विभिन्न बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक संस्थाले समेत छुट तथा क्यासब्याक अफर सार्वजनिक गरेका छन् ।
एनआईसी एसिया बैंक, ईसेवा, लक्ष्मी बैंक, एनएमबि बैंक, मेगा बैंक, सनराइज बैंक, गरिमा विकास बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, सिभिल बैंक, आईएमई पे, खल्ती, प्रभुपे मार्फत क्यूआर स्क्यान गर्दा १० प्रतिशत छुट तथा क्यासब्याक प्राप्त गर्न सकिने फोनपेले जनाएको छ । यसैगरी, भोजडिल,फुडमांडु ,सेल्सबेरी, डेलि ग्रोसरि,खानपिन लगायतका ठाउँमा क्यूआर भुक्तानी गर्दा २५ प्रतिशत सम्म छुट प्राप्त सकिनेछ । एक करोड ४० लाख भन्दा धेरै मोबाई बैकिङ्ग प्रयोगकर्ता तथा करिब ८० लाख भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।

















आजको मौसम : दिनभर बादल लाग्ने
अमेरिकी डेमोक्र्याटिक सांसदहरूद्वारा इरानी विद्यालयमा भएको अमेरिकी आक्रमणको छानबिन गर्न माग
निर्वाचनका कारण रोकिएको बजार अनुगमन सुरु
समानुपातिकतर्फ रास्वपाले कटायाे ४९ लाख, अन्य दलकाे कति ?
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया