म्याग्दीका सबै स्थानीय तहमा चुनावी तालमेल हुने
काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह चुनावमा म्याग्दीमा सत्ता गठबन्धनका पाँच दलले तालमेल गर्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी (जसपा)का नेताको बिहीबार बेनीमा बसेको संयुक्त बैठकले म्याग्दीका सबै स्थानीय तहमा साझा उम्मेदवार बनाउने निर्णय गरेका हुन् ।
कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बिर)को अध्यक्षतामा बैठक बसेको थियो । पाँच दलीय संयन्त्रकोतर्फबाट माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष छवि विश्वकर्मा र जनता समाजवादीका अध्यक्ष देवेन्द्रबहादुर विश्वकर्मा सहभागी भएका थिए ।
यसअघिको पहिलो बैठकले कांग्रेस सभापति गर्बुजाको संयोजकत्वमा गठन भएको पाँच दलीय संयन्त्रले वडा तहबाट सबै दलको शक्ति आंकलन र अनुमानित मत विवरण संकलन गर्ने निर्णय गरेको थियो । कांग्रेसका सचिव पुनले सबै दलले वडा र पालिकाबाट संकलन गरेको विवरणलाई केन्द्रीत र विश्लेषण गरेर केन्द्रीय संयन्त्रले बनाउने विधिका आधारमा कहाँ कसको उम्मेदवार बनाउने निर्णय लिइने बताए ।
‘कुन दलले कुन पालिकामा उम्मेदवार उठाउने भन्ने निर्णय गर्न बाँकी छ,’ उनले भने, ‘सबै दलको सबै वडाबाट आएको रिपोर्टका आधारमा उम्मेदवारी बाँटफाँट गरिन्छ ।’
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया