बिहीबार, वैशाख १०, २०८३

निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ

मेरोन्यूज २०८२ माघ १० गते ९:१९

काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले निर्वाचनको समयमा कार्यकर्ताको मनोबल खस्किने खालका प्रतिक्रिया नदिन नेतृत्वलाई सुझाव दिएका छन् । टिकट वितरणको सवालमा अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लक्षित गरेर पाण्डेले यस्तो सुझाव दिएका हुन् । 

Advertisement
NiccNicc

उनले यस्तो समयमा नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउने होइन, सबैलाई जोड्ने ऊर्जा दिनुपर्ने उल्लेख गरेका छन्।

आफ्नै सहयोद्धालाई सार्वजनिक रूपमा न्यूनिकरण गर्नु राजनीतिक परिपक्वता नभएको उनको भनाइ छ। बाह्य चुनौतीको सामना संस्थागत निर्णय र सामूहिक विचारको आधारमा गर्नुपर्नेमा उनले जोड दिएका छन्।

पाण्डेले टिकट वितरणको ‘क्याल्कुलेसन’ पार्टी हितका लागि विरोध नगरी स्वीकार गरिएको स्पष्ट गर्दै, पूर्वाग्रही टिप्पणीले एमालेको साझा संकल्पलाई कमजोर बनाउने बताएका छन्।

वैचारिक असहमति राख्ने नेताहरू पनि उत्तिकै आदरणीय एमाले भएको र मत फरक हुँदैमा कसैप्रति पूर्वाग्रह नराख्ने आफ्नो राजनीतिक संस्कार रहेको उनको भनाइ छ।

टिप्पणीहरूको खण्डनमा अल्झिनुभन्दा आफू एमालेका उम्मेदवारहरूलाई जिताउन र संगठनको साख जोगाउन पूर्ण रूपमा मैदानमा खटिएको पाण्डेले उल्लेख गरेका छन्।

प्रतिक्रिया