मंगलबार, माघ १३, २०८२

रोल्पाको गंगादेविमा विप्लव पार्टीको उम्मेदवारी घोषणा

मेरोन्यूज २०७८ चैत २५ गते १५:२२
फाइल फोटो

काठमाडौँ । रोल्पाको गंगादेवि गाउँपालिकाको अध्यक्षमा नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले उम्मेदवार घोषणा गरेको छ । पार्टीले केन्द्रीय सदस्य चूडामणि ओली ‘आदर्श’लाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।

गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने घोषणासँगै ओलीले आफूले जित्ने दाबी गरेका छन् । उनले आफूलाई सबै जनताले साथ दिने विश्वास व्यक्त गरे ।

तत्कालीन माओवादी जनयुद्धमा योगदान गरेकाले सबै माओवादी पृष्ठभूमिका नेता कार्यकर्ताले साथ दिने ओलीको विश्वास छ ।

यसअघि उक्त गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट वीरबहादुर खत्रीले विजयी भएका थिए ।

प्रतिक्रिया