मंगलबार, माघ १३, २०८२

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मेरोन्यूज २०७८ चैत २५ गते १५:३१

तनहुँ । व्यास नगरपालिका १२ देउरालीमा लु. ७० प १७१९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६२ वर्षीय नन्द गोपाल कार्की छन् । उनको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको रत्नहरि अस्पताल दमौली हुँदै मणिपाल अस्पताल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया