मंगलबार, माघ १३, २०८२

युक्रेनमाथि आक्रमण हुँदा खाद्य पदार्थको मूल्य उच्च बिन्दुमा

मेरोन्यूज २०७८ चैत २५ गते १५:५०

काठमाडौँ । रुसले युक्रेनमा आक्रमण गरेपछि सुरु भएको युद्धले विश्व बजारमा खाद्य पदार्थको मूल्य बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको खाद्य तथा कृषि संगठनले शुक्रबार दिएको जानकारीअनुसार अन्न, तरकारी, जैविक तेललगायतका पदार्थको मूल्य अत्यधिक भएको हो ।

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको र अहिले पनि युद्ध भइरहेकाले मार्च महिनामा त्यसको असर अत्यन्त धेरै देखिएको राष्ट्र संघीय अधिकारीले जनाएका छन् । युद्धले अन्तर्राष्ट्रिय क्षेत्रमै पेट्रोलियम पदार्थको मूल्यमा असर परेकाले त्यसको असर खाद्य पदार्थमा परेको बताइएको छ ।

युद्ध नरोकिएमा यो क्रम निरन्तर बढ्दै जाने र सबैभन्दा बढी मर्का न्युन आय भएका मानिसलाई पर्ने राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । राष्ट्रसंघले तत्काल युद्ध अन्त्य गरी वार्तामार्फत विवाद समाधान गर्न दुवै पक्षलाई आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया