माधव नेपाल हुती भएको मानिस हो ? : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन् ।
अध्यक्ष ओलीले पार्टी एकीकरणमा बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दुरुपयोग गरेर पार्टी फुटाएको आरोप लगाए । शुक्रबार काठमाडौँमा आयोजित पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौंथोँ राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले २३ सिट पाउने हुती नभएको भन्दै माधव नेपाललाई चुनौती दिएका हुन् ।
जनादेशको दुरुपयोग गर्नेलाई देखाउने गरी चुनावको तयारी गर्न पार्टी निकट स्वास्थ्यकर्मीहरूलाई अध्यक्ष ओलीले निर्देशन दिए ।
‘५४ सिट दिइयो प्रचण्डलाई, तर भस्मासुर शैलीमा त्यसलाई दुरुपयोग गरे, ४ वटा सिट आउँदैन भनेर हामीसँग प्रचण्ड मिलेको होइन, माधव नेपाल २२–२३ सिट ल्याउने हुती भएको मानिस हो ? उनको नेतृत्वमा, अब ३ सिट ल्याएर देखाउन त ?,’ उनले भने, ‘त्यो हुती भएका मान्छे हुन्, तर पार्टीभित्रको कुरा दिइयो साथीहरूलाई, यो हिजोको चुनावको परिणाम हो, अब आजको चुनावको परिणाम होइन ।’
अध्यक्ष ओलीले एउटा नागरिकको हैसियतले सरकारले गरेका राम्रा कामको समर्थन गर्न र नराम्रा कामको विरोध गर्न स्वास्थ्यकर्मीले सक्नु पर्ने बताए । उनले मेडिकल कलेज र इञ्जिनियरिङ कलेज खोल्नै नदिन मतियारहरू सक्रिय रहेको आरोप लगाए ।
त्यस अवसरमा अध्यक्ष ओलीले परीक्षण ल्याबसम्म नभएको अवस्थामा कोभिड नियन्त्रणका लागि तत्कालीन आफू नेतृत्वको सरकारले असाधारण सफलता हासिल गरेको स्मरण गरे ।
















त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
देशभरका यी नौ जिल्ला डढेलोको उच्च जोखिममा
‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया