संयुक्त राष्ट्रसंघमा सद्गुरुको सम्बोधन : तपाईंले जन्मिन बाँकी बच्चाको भोजन खोस्दै हुनुहुन्छ

काठमाडौँ । माटो जोगाऔँ अभियानको समर्थनमा जेनेभास्थित भारतको संयुक्त राष्ट्र मिशनमा चैत्र २२ गते आयोजित समारोहमा सम्बोधन गर्दै सद्गुरुले माटो विनाश भइरहेको विषयप्रति तत्काल सबैको ध्यान आकर्षित गर्न आह्वान गरेका छन् ।
‘तपाईंहरूको आवाज कहाँ छ ? अब बोल्ने समय भएको छ’ उनले भने । माटो जोगाऔँ, यस धरतीको माटोलाई विनाश हुनबाट जोगाउनको निम्ति सद्गुरुद्वारा गत महिना शुरु गरिएको विश्वव्यापी अभियान हो ।
आफ्नो सय दिने यात्राका क्रममा १६ औँ दिनमा उनी रोमबाट जेनेभा पुगेका हुन् । ‘मैले यसबारे विगत ३० वर्षदेखि बोलिरहेको छु, सबैले भनिरहेका छन् कि निकै सानदार, तर यो अघि नबढी मर्ने छ,’ आफ्नो सम्बोधनको शुरुवातमा माटो जोगाउनको लागि भावपूर्ण अपिल गर्दै भने, ‘हाम्रो जीवन र हामी वरपर रहेका बाँकी सम्पूर्ण जीवनहरूको आधार माटो नै हो, यदि तपाईंले माटोमा मरेको कुरा हाल्नु भयो भने पनि, त्यसबाट जीवन अङ्कुरित हुन्छ, यस्तो अर्को कुनै पदार्थ छैन, साथै पूरै ब्रह्माण्डमा हामीलाई थाहा भएसम्म यस्तो अर्को कुनै स्थान छैन ।’
संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ कि द्रुत गतिमा माटो खराब भइरहेको हुनाले यसबाट निकै भयानक खाद्य संकट निम्तिन सक्छ । जसबाट अबको केही दशकमा पूरै विश्व निकै क्रुर द्वन्द्व र हिंसामा फस्न सक्छ ।
यस अभियानको उद्देश्य विश्वभरिका नागरिकलाई आफ्नो राष्ट्रमा माटोको विनाशलाई रोक्नेतर्फ आवाज उठाउनका लागि एकत्रित गर्नु हो ।
यो चुनौतीलाई तत्काल सम्बोधन गर्नु पर्नेमा जोड दिँदै सद्गुरुले भने, ‘विश्वभरि माटो खराब हुँदै गएको स्थितिलाई रोक्न र उल्टाउनको लागि नीति निर्माणको काम अहिल्यै हुनुपर्छ, न कि भोलि !’
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया