विश्व शान्तिको कामना गर्दै ४४ वर्षीय राउत खाली खुट्टा मेची-महाकाली पैदल यात्रा गर्दै

खोटाङ।खोटाङको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका खगेन्द्र राउत खाली खुट्टामा मेची–महाकाली पैदलयात्रा निस्किएका छन् । विश्व शान्तिको कामना गर्दै ४४ वर्षीय राउत २३ फागुनदेखि खाली खुट्टामा मेची महाकाली यात्रामा निस्किएका हुन् ।
लामो जटा पालेर गेरु वस्त्र पहिरिएका राउत नेपालको झण्डा हातमा बोकेर खाली खुट्टा यात्रामा निस्किएका हुन् । शुक्रबारसम्ममा खाली खुट्टा २२ जिल्लाको यात्रा पुरा भएको राउतले बताए ।
सिद्धबाबाको रूपमा चिनिने राउत खोटाङबाट उदयपुर, सुनसरी, मोरङ, झापा, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, पर्सा, रौतहट, मकवानपुर, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके हुँदै बर्दिया पुगेका छन् ।
सात वर्षदेखि अन्न नखाएका राउत जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको सावाखोला किनारमा रहेको तीर्थस्थल भानुमतीमा ६ मंसिरदेखि ११ दिने ध्यानमा बसेका थिए । त्यसअघि उनी पाथीभरामा ४ दिन, हलेसीमा ३ दिन ३ रात र बराहपोखरीमा १८ घण्टा ध्यानमा बसेका थिए ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया