मंगलबार, माघ १३, २०८२

सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागी, तीन मन्त्रालय पायो

मेरोन्यूज २०७८ चैत २५ गते २१:०८

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । नेकपा माओवादी केन्द्रले नेतृत्व गर्दै आएको प्रदेश सरकारमा कांग्रेसलाई पनि सहभागी गराइएको हो ।

कांग्रेसलाई तीन मन्त्रालय दिइएको छ । जसमा कांग्रेस प्रदेश संसदीय दलका नेता रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्द बोहोरालाई सामाजिक विकास मन्त्री र टेकबहादुर रैकालाई सामाजिक विकास राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ ।

यसअघि नेपाली कांग्रेसका सुदूरपश्‍चिम प्रदेश सभापति वीरबहादुर बलायतले पार्टीलाई सम्मानजनक अवस्थामा सरकारमा सहभागी नगराएसम्म गठबन्धन समस्यामा पर्ने बताएका थिए ।

प्रतिक्रिया