बुधबार, चैत १८, २०८२

ताप्ली गाउँपालिकाले बाँड्यो ५० प्रतिशत अनुदानमा ट्याक्टर

मेरोन्यूज २०७८ चैत २६ गते ६:२३

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । वार्षिक नीति तथा कार्यक्रम अनुसार स्थानीय किसानलाई व्यवसायिक कृषि खेतीतर्फ प्रोत्साहन गर्ने उद्देश्यले अनुदानमा ट्याक्टर वितरण गरिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

ताप्ली गाउँपालिकाका विभिन्न वडामा क्रियाशिल किसान संलग्न कृषि समूह तथा कृषि सहकारीलाई ट्याक्टर वितरण गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाका अनुसार वडा कार्यालयको सिफारिसमा विभिन्न ठाउँका उद्यमी कृषकको कृषि प्रवर्द्वन तथा आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले आफै खरिद गरेर ट्याक्टर वितरण गरिएको हो ।

ट्याक्टर वितरण गर्दै अध्यक्ष उद्धबसिंह थापाले ताप्लीका जनतालाई कृषिबाटै करोड पति बनाउने योजना अनुरुप ५० प्रतिशत छुट अनुदानमा ट्याक्टर वितरण गरिएको जनाए ।

ट्याक्टर पाउने किसान समूहहरुमा वडा नं। ५ का सगरमाथा फलफुल व्यवसाय कषि फार्म, रामपुर तरकारी उत्पादन तथा फलफुल फारम, नमूना कृषक समूह, रीता एकीकृत कृषि तथा पशुपन्छी फारम, शितल एकीकृत कृषि पशुपालन तथा पोल्टी फारम, प्रगतिशील कृषक समूह, दिग्दर्शन एकीकृत कृषि तथा पशुपालन केन्द्र रहेका छन् ।

त्यसैगरी एलिस एकीकृत कृषि तथा पशुपालन केन्द्र, नमूना पशुपन्छी तथा मत्स्य कृषि समूह, आहान एकीकृत कृष समूह र सुनौलो कृषि समूह रहेका छन् । ट्याक्टर पाउने अन्य समूहहरुमा पुलटार एकीकृत कृषि समूह ताप्ली गाउँपालिका–२, लेकबेँसी कृषि सहकारी संस्था ताप्ली गाउँपालिका–२ र कन्चन एकीकृत कृषि तथा पशुपालन समूह रहेको गाउँपालिका कृषि शाखाले जनाएको छ । कृषि शाखाका अनुसार एउटा ट्याक्टर पाउनका लागि कृषक समूहहरुले ३८ हजार रुपैंया लगानी गर्नु पर्ने छ । बाँकी ३८ हजार गाउँपालिकाले अनुदान उपलब्ध गरेर ट्याक्टर खरिद गरी बितरण गरिएको हो ।

गाउँपालिकाले १५ वटा ट्याक्टरमा १५ कृषक समूहबाट ५ लाख ७० हजार जम्मा भएको र बाँकी रकम गाउँपालिकाको ५ लाख ७० हजार अनुदान गरि ११ लाख ४० हजार मुल्य बराबरको ट्रयाक्टर बितरण गरिएको लेखापाल टीकाराम विकले जानकारी दिए ।

प्रतिक्रिया