डा. कोइरालाले भने : तेस्रोपटक निर्वाचन लड्दा ६ करोड खर्च गरेँ
मेरोन्यूज
२०७८ चैत २६ गते १४:३३

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले निर्वाचन खर्च महंगो हुँदै गएको बताएका छन् । खर्चकै कारण निर्वाचन लड्न नसकिने स्थिति आएको उनको भनाइ छ ।
नवलपरासीबाट तीनपटक निर्वाचन लड्दा खर्च अधिक भएको महसुस गरेको उनले स्मरण गरे । ‘तीनपटक निर्वाचन लडेँ, पहिलोपटक ८० हजार खर्च भयो, दोस्रोपटक तीन करोड खर्च भयो,’ उनले भने, ‘तेस्रोपटक ६ करोड खर्च भयो ।’
नेपाल विद्यार्थी संघ इलाम काठमाडौँ सम्पर्क समितिको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै कोइरालाले निर्वाचन खर्च धान्न नसकिने अवस्थामा पुगेको बताएका हुन् । उनले विद्यार्थीलाई राजनीतिभन्दा अध्ययनमा जोड दिन आग्रह गरे ।
उनले देश बनाउने युवा विद्यार्थी बन्दै अध्ययन सकेर राजनीतिमा आउनु पर्ने बताए ।
सम्बन्धित
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया