एमालेले मदन भण्डारीको नाम दुर्नाम गर्यो : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेले मदन भण्डारीको सिद्धान्त र नामलाई बद्नाम बनाएको आरोप लगाएका छन् ।
‘कलकतामा मदन भण्डारीले (जनताको बहुदलीय जनवाद) जबजको व्याख्या गरेपछि त्यसले बेग्लै नाम लिएको थियो,’ काठमाडौँमा भएको बृहत जनसभालाई सम्बोधन गर्दै उनले भने, ‘आज मदन भण्डरीको नाम लिएर, जबजको गलत व्याख्या गरेर, अलोकतान्त्रिक तरिकाले एमाले नामको पार्टी–केपी ओलीको प्राइभेट कम्पनी चलिरहेको छ, मदन भण्डरीको नामको दुर्नाम भइरहेको छ ।’
सभामा बोल्दै उनले आफ्नो पार्टीमा अन्य पार्टीका नेता तथा कार्यकर्ताको आकर्षण भएको दाबी गरे । काठमाडौँमा नेकपा एसले गरेको जनसभालाई सम्बोधन गर्दै उनले देशभर नेकपा एसमा प्रवेश गर्ने लहर चलेको बताएका हुन् ।
यस्तै, सभामा बोल्दै उनले आफ्नो पार्टीले देशको रुपान्तरण गर्ने खाका प्रस्तुत गरेको बताउँदै कृषि क्षेत्रमा विकास गर्नु पर्ने बताए । उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै गफाडीलाई गफ गर्न दिनु पर्ने बताउँदै आफूहरू देश विकासमा लाग्नु पर्ने बताएका थिए ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
दुई हजार एक सय जना एमालेमा प्रवेश
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया