लागु औषधसहित तीन जना पक्राउ
मेरोन्यूज
२०७८ चैत २६ गते १७:११
काठमाडौँ । भीमदत्त नगरपालिका ११ भुजेलाबाट प्रहरीले आज तीन जनालाई लागु औषधसहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट प्रहरी नायब निरीक्षक बहादुरसिंह धामीको कमाण्डमा खटिएको टोलीले २३ वर्षीय महेश गिरी, २१ वर्षीय विष्णु पाठक र २२ वर्षीय आशिष गिरीलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाको साथबाट १९ दशमलव ५ ग्राम चरेस, प्रि ग्याब्लिक क्याप्सुल ६ पिस र इन्ट्रिकफ ट्याब्लेट १४ पिस बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । पक्राउ परेका तीनै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
प्रतिक्रिया