यातायात व्यवसायीको महाधिवेशनको तयारी पूरा
काठमाडौँ । यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले छैटौँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । भोलिदेखि २९ गतेसम्म काठमाडौँ र ललितपुरमा हुने सम्मेलनमा देशभरिबाट १५ सय बढी प्रतिनिधि सहभागी हुने छन् ।
महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक एवं महासंघका महासचिव सरोज सिटौलाले शनिबार सम्मेलनमा सबै प्रदेशका यातायात मन्त्रीहरू सहभागी हुने बताए । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ रामशाह पथस्थित स्काई दरबार बैंक्वेटमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बन्दसत्र र निर्वाचनको कार्यक्रम ललितपुरको गोदावरीमा रहेको सनराइज हलमा हुनेछ ।
महासचिव सिटौलाले यो महाधिवेशनले अधिकार सम्पन्न यातायात प्राधिकरण स्थापनाको मागलाई बलियो साथ उठाउने बताए । सरकारले विभिन्न यातायात समितिहरू खारेज गरी यातायात व्यावसायलाई कम्पनी मोडलमा लगे पनि आवश्यक नियम–नियमावली र कार्यविधि नबनाउदा काम गर्न अप्ठेरो भएको यातायात व्यावसायीले गुनासो गर्दै आएका छन् ।
कार्यविधिको अभावमा दुर्घटनापछिको उपचार र बिमा दाबी भुक्तानीलगायतको काममा विवाद देखिन थालेको छ । कोरोना महामारीले लामो समयदेखि रोकिएको महाधिवेशन आइतबारदेखि काठमाडौंमा हुन लागेको हो ।
महासंघमा हाल देशभरका झण्डै पाँच यातायात कम्पनीहरू आबद्ध छन् । यो महाधिवेशनले नयाँ नेतृत्वसमेत निर्वाचित गर्ने छ ।
















एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
नेपाल टेलिकमले थ्रीजी सेवा बन्द गर्दै फोरजीमा रूपान्तरण सुरु गर्ने
ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला
सभामुखको निर्वाचन चैत २२ गते
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया