मेलम्चीको बाढी प्रभावित क्षेत्रलाई १४ करोड सहायता

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज मेलम्ची बाढीले पुर्याएको क्षतिको अवलोकन तथा निरीक्षण गरेको छ ।
अवलोकनपश्चात मुख्यमन्त्री पाण्डेले बाढी पीडित सरोकार समितिले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै तत्कालका लागि नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि भू–संरक्षणमार्फत चार करोड बजेट निकासा भएको जानकारी दिए ।
उनले द्रुतगतिमा काम गर्न निर्देशन दिँदै १० करोड रुपैयाँ थप गर्ने योजना रहेकोसमेत उल्लेख गरिन् । मुख्यमन्त्री पाण्डेले यस भेगमा बाढीले अतुलनीय क्षति पुर्याएको भन्दै तत्काल आवश्यकता अध्ययन गरी काम थाल्न निर्देशनसमेत दिए ।
उनले बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा, पशुपक्षी राज्यमन्त्री इन्द्रमाया गुरुङ, पूर्व सामाजिक विकासमन्त्री युवराज दुलाललगायतलाई सहजीकरण गर्न आग्रह गरे ।
उनले ५० लाख रुपैयाँभन्दा बढी बजेटको ठेक्का गर्नु पर्ने प्रदेशको प्रावधान रहेकाले हेलम्बु, मेलम्ची र पाँचपोखरीमा ५०–५० लाखको योजना बनाएर उपभोक्ता समितिमार्फत तत्काल कार्य गर्न अनुरोध गरे ।
पाण्डेलाई विज्ञको सुझावका आधारमा तयार पारेर मेलम्ची नगरपालिकालाई बुझाएको प्रतिवेदनका बारेमा समेत मेलम्ची नगरप्रमुख डम्बर अर्यालले जानकारी गराए ।
बाढी पीडित सरोकार समितिको तर्फबाट कार्यक्रममा समितिका संयोजक उपेन्द्र तामाङ मुख्यमन्त्री पाण्डेलाई विभिन्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाए ।
त्यस्तै, उनी आजै हेलम्बु क्षेत्रमा पुगी त्यहाँका स्थानीयवासीका गुनासो सुने । असार १ र त्यसपछिको बाढीले मेलम्ची, हेलम्बु र पाँचपोखरी क्षेत्रमा ठूलो जनधनको क्षति गरेको थियो ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया