एमालेमा उम्मेदवार छनोट प्रकृया शुरु, गण्डकीमा एमाले-माओवादीको सहकार्य !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको प्रकृया शुरु गरेको छ ।
चैत २४ गतेदेखिनै उम्मेदवार छनोट प्रकृया शुरु गरेको एमालेले गाउँपालिका र नगरपालिकाबाट जिल्लामा नाम सिफरिस गर्न थालेको हो । पालिकाबाट सकेसम्म सर्वसम्मत नाम पठाउने र नभएमा मात्रै विकल्पसहित पठाउन थालेको छ ।
यही ३० गतेभित्र सिफारिस गरिसक्नु पर्ने भएकाले एमाले धेरै जसो स्थानीय तहबाट उम्मेदवार सिफरिस गरेर जिल्लामा पठाउन थालेको छ ।
एमालेले सात सय ५३ वटै स्थानीय तहमा उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको पार्टीका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
चैत मसान्तभित्र वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको उम्मेदवार सिफारिस गरिसक्न जारी गरेको अन्तरपार्टी निर्देशन अनुसार छनौट प्रकृया शुरु भैसकेको प्रचार विभागका उपप्रमुख रिजालले बताए ।
एमाले अबको एक साताभित्रै धेरैजसो स्थानीय तहमा उम्मेदवार छनोट गरिसक्नेछ ।
गाउँ तथा नगरपालिकाका वडाध्यक्ष र सदस्यहरूका उम्मेदवारको निर्णय सम्बन्धित वडा र पालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीले गर्ने, निर्णयमा विवाद आए एक तह माथिल्लो कमिटीमा पठाउने, केन्द्रले आवश्यक ठानेमा कुनै पनि तहको निर्णयमा पुनर्विचार गर्न सक्ने एमालेको उम्मेदवार छनौट निर्देशिकामा उल्लेख छ ।
महानगर र उपमहानगरका उम्मेदवार छनोटमा ढिलाई हुनेछ । महानगर र उपमहानगरका प्रमुख, उपप्रमुखहरूको उम्मेदवार चयन भने सम्बन्धित कमिटीको सिफारिस, जिल्ला र प्रदेश हुँदै केन्द्रीय कमिटीबाट गर्ने एमालेको पछिल्लो निर्णय छ ।
अध्यक्ष केपी ओलीले स्थानीय तहको उम्मेदवार छनोटका ६ वटा आधारसहितको अन्तरपार्टी निर्देशन जारी गरेका थिए । जसअनुसार पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मूल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता एवं सुशासन र विकासप्रतिको दृष्टिकोण (भिजन) तथा सन्तुलन र समावेशिताको पक्षलाई आधार बनाएर उम्मेदवार चयन गर्न निर्देशन गरिएको छ ।
एमालेको प्रदेश १, बागमती प्रदेश कमिटी र गण्डकी प्रदेशमा २८ चैतभित्र वडा र पालिकाका उम्मेदवार छनोट गरिसक्ने र निर्णय हुन नसकेका पालिकाका उम्मेदवारको नाम जिल्ला कमिटीले प्रदेश कमिटीमा अनिवार्य पठाउनुपर्ने गरी निर्दैशन दिएको छ । गण्डकीमा त माओवादीसँगको सहकार्यलाई समेत ध्यान दिएर उम्मेदवार छनोट प्रकृया शुरु गरिएको स्रोतको दाबी छ । पार्टीका उपमहासचव एवं गण्डकी प्रदेश इन्चार्ज पृथ्वी सुब्बा गुरुङले गण्डकीमा एमाले र माओवाीबीच सहकार्य हुने संभावना रहेको बताउदै आएका छन् ।
तर यो विषयले औपचारिक रुप लिएको छैन । अहिले भने एमालेले तय गरेको मापदण्ड त्यसअनुसार पालिका कमिटीले ३० चैतभित्र बैठक राखेर सकेसम्म सर्वसम्मत सहमतिका आधारमा जिल्ला कमिटीमा पठाउन निर्दैशन दिइसकेको र कतिपय पालिकाहरुले सिफरिस पठाइसकेका छन् ।
चैतभित्र महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका मेयर–उपमेयर र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षहरूको नाम छनोट सम्बन्धित पालिका कमिटीले सर्वसम्मत सहमतिका आधारमा गर्नुपर्ने, तर सहमति नभएमा मेयर–उपमेयर, अध्यक्ष–उपाध्यक्ष दुवै पदमा एक महिला र एक पुरुष अनिवार्य हुने गरी तीन–तीनजनाको नाम सिफारिस गरी जिल्ला कमिटीमा पठाउन एमालेले परिपत्रमा निर्देशन दिएको थियो ।
विवाद नभएको स्थानमा सिधै जिल्ला कमिटीले निर्णय गरी पठाउने व्यवस्था गरिएको छ । विवाद भएमा मात्रै प्रदेश र केन्द्रले निर्णय गर्ने गरी अन्तरपार्टी निर्देशन जारी गरेको छ । उम्मेदवार छनोट र सिफरिस प्रकृया सकिएपछि एमालेले पालिकास्तरीय कार्यक्रमलाई तिब्रता दिनुपर्ने निर्दैशन पनि दिएको छ ।
एमालेले जनवर्गीय संगठनका साथै सबै पालिकाका कमिटीलाई निर्वाचनमा केन्द्रीत हुन निर्दैशन दिएको छ । साथै सम्पर्क मञ्चहरुलाई वैशाख १५ भित्रै आफ्नो निर्वाचन क्षेत्रमा पुगेर पार्टी कमिटीलाई सहयोग गर्न निर्दैशन पनि दिएको छ















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया