जेठ १४ मा नेपाल आउन लागेका सलमानको सुरक्षाका लागि १५ सय सुरक्षाकर्मी माग
३ करोड भारतीय पारिश्रमिकमा सलमानलाई नेपाल ल्याईदै

काठमाडौ । नेपाल आउन लागेका बलिउड अभिनेता सलमान खानका लागि आयोजकले सरकारसँग १५ सय सुरक्षाकर्मी माग गरेको छ । सलमान जेठ १४ गते मा दशरथ रंगशालामा हुने ‘दबंग टुर रिलोडेड’ का लागि नेपाल आउन लागेका हुन् । आयोजक ओडीसी इन्टरटेन्मेन्टले सलमानको सुरक्षा प्रवन्धका लागि १५ सय सुरक्षाकर्मी सरकारसँग माग हो । ओडीसी इन्टटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा सलमानलगायत बलिउड कलाकारहरु नेपाल आउन लागेका हुन् ।
ओडीसीका प्रमुख सिमान्त गुरुङका अनुसार ६ करोडमा बाँकी ३ करोड भने अन्य कलाकारहरूको पारिश्रमिक हो । सलमानलाई ३ करोड भारतीय पारिश्रमिकमा नेपाल ल्याउन लागिएको आयोजकले जनाएकाे छ। सलमान लगायत टिम सोल्टी होटलमा बस्ने व्यवस्था मिलाइएको छ । सलमानको नेपाल बसाई तीन दिनको रहनेछ । २७ तारिखमा उनी नेपाल आउनेछन् ।
दशरथ रंगशालामा हुने कार्यक्रमका लागि ब्रोन्ज टिकट ५ हजार, सिल्भर टिकट १० हजार, गोल्ड टिकट १५ हजार र प्लेटिनम टिकट २५ हजार रूपैयाँ तोकिएको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
प्रतिक्रिया