एकीकृत समाजवादीले बैशाख ८ भित्रै उम्मेदवार छानिसक्ने
माधव नेपालको नेतृत्वमा ११११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी, उम्मेदवार छान्न ८ बुँदे मापदण्ड

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बैशाख ८ भित्र स्थानीय तहका सम्पूर्ण उम्मेदवार चयन गरिसक्ने कार्यतालिका बनाएको छ । उम्मेदवार चयनका लागि ८ बुँदे मापदण्ड तय गरेर उसले वडा कमिटिबाट चैत ३० भित्र उम्मेदवार सिफारिस गरिसक्न र केन्द्रीय कमिटिबाट बैशाख ८ भित्र निर्णय गरिसक्ने गरी समय तालिका बनाएको हो ।
त्यस्तै अध्यक्ष माधव नेपालको नेतृत्वमा एक हजार १ सय ११ जना रहेको मूल निर्वाचन परिचालन समिति पनि बनाएको छ । एकीकृत समाजवादीको चैत २६ र २७ गते बसेको पार्टीको २० औं सचिवालय बैठकले उम्मेदवार छनौटको मापदण्ड, उम्मेदवार चयनको समय तालिकादेखि निर्वाचचन परिचालन कमिटिसम्म बनाएको हो ।
मूल निर्वाचन परिचालन समिति
पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा केन्द्रीय कमिटी, तिनोटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय परिषद् सदस्यहरु, प्रदेशका पदाधिकारीहरु, जिल्ला अध्यक्षहरु, जनसङ्गठनका केन्द्रीय पदाधिकारीहरु समेत रहेको ११११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी एसमाजवादीले बनाएको छ । त्यस्तै, महासचिव कमरेड डा. बेदुराम भुसालको संयोजकत्वमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र
द्रोणाचार्य क्षेत्री सदस्य रहनु भएकोनिर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन गरिएको छ ।
समय तालिका :
वडा कमिटीले यही चैत्र ३० गतेभित्र सिफारिस गरिसक्ने ।
ख. पालिका कमिटीले आगामी वैसाख २ गतेभित्र निर्णय र सिफारिस गरिसक्ने ।
ग. जिल्ला कमिटीले आगामी वैसाख ४ गतेभित्र निर्णय र सिफारिस गरिसक्ने ।
घ. प्रदेश कमिटीले आगामी वैसाख ६ गतेभित्र निर्णय र सिफारिस गरिसक्ने ।
ङ. केन्द्रीय कमिटीले आगामी वैसाख ८ गतेभित्र निर्णय गरिसक्ने ।
उम्मेदवार मापदण्ड
आगामी स्थानीय निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं छनोटका लागि निम्न प्रकारका मादण्ड तय गरिएको छ :
क. पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको ।
ख. पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेको ।
ग. पार्टीप्रतिको निष्टा र अनुशासनमा दृढ ।
घ. आर्थिक एवं नैतिक आचरण राम्रो रहेको ।
ङ. जनतामा स्थापित एवं लोकप्रिय ।
च. स्वच्छ छवी भएको र सुशासनको पक्षपाति ।
छ. कार्यक्षमता राम्रो भएको ।
ज. समावेशीतालाई ध्यान दिने ।
हेर्नुहोस् पत्र
















बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
फेरि मौसम बदलीको अर्काे प्रणाली भित्रिँदै, काठमाडौँमा बुधबार वर्षा
कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया