सेनाले सशस्त्र प्रहरीलाई दियो ५९० थान हतियार

काठमाडौँ । नेपाली सेनाले सशस्त्र प्रहरी बललाई पाँच सय ९० थान हतियार तथा गोलीगट्ठा हस्तान्तरण गरेको छ ।
राजधानिस्थित जंगीअड्डामा आइतबार आयोजित कार्यक्रममा इन्सास राइफल नाल पाँच सय र लाइट सपोर्ट वेपन्स नाल ९० गरी जम्मा पाँच सय ९० नाल हतियार तथा सोको एम्युनिसन सम्बद्ध सामग्रीहरू हस्तान्तरण गरेको हो ।
मन्त्रिपरिषद्ले चैत २४ गते सेनाका हतियार सहयोग स्वरूप सशस्त्रलाई हस्तान्तरण गर्ने निर्णय गरेअनुरुप प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई हतियार तथा गोलीगट्ठा हस्तान्तरण गरेको हो।
सरकारको निर्णय बमोजिम सहयोग स्वरूप इन्सास राइफल नाल नौ हजार र लाइट सपोर्ट वेपन्स नाल एक हजार ६ सय गरी कूल १० हजार ६ सय नाल हतियार उपलब्ध गराउने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
शनिबार पहिलो चरणमा इन्सास राइफल नाल पाँच सय र लाइट सपोर्ट वेपन्स नाल ९० गरी कूल पाँच सय ९० नाल हतियार हस्तान्तरण गरिएको थियो । सेनाले बाँकी हतियार तथा एम्युनिसन क्रमशः हस्तान्तरण हुने जनाएको छ ।
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया