‘जसले दुई हजार रुपैयाँ दिन्छ, उसैलाई भोट’
काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनको प्रचारप्रसार र उम्मेदवार छनौटको तयारीमा राजनीतिक दल आन्तरिक तयारीमा छन् । आगामी ३० वैशाखमा देशभर स्थानीय तहको निर्वाचन हुँदै छ ।
आउँदो ११ वैशाखसम्म उम्मेदवार मनोनयन दर्ता गर्ने चुनावी कार्य तालिका छ । जस कारण राजनीतिक दल उम्मेदवार चयनदेखि घोषण पत्र बनाउनेको काममा व्यस्त छन् ।
राजनीतिक दल र तिनका नेतालाई मात्र होइन आमनागरिकलाई पनि चुनावी माहोलले तताउँदै छ । कसलाई मत दिने र नदिने विचार बनाउँदै छन्, आममानिस पनि ।
आफ्नो पालिकाको विकास र समृद्धिमा योगदान दिन सक्ने योग्य व्यक्तिलाई मत दिनु नागरिकको कर्तव्य हो । तर, सप्तरीको राजविराज नगरपालिकाका स्थानीय भने जसले पैसा दिन्छ, उसैलाई भोट दिने बताउँछन् ।
प्रतिमत दुई हजार रुपैयाँ दिनेलाई मत दिने राजविराज नगरपालिका १ कि ५५ वर्षीया राधा देवी रामले बताइन् । उनले दुई हजारका दरले पैसा दिनेलाई यसपालिको चुनावमा आफ्नो बस्तीका मतदाताले भोट दिने बताइन् ।
‘गत निर्वाचनमा पनि पैसा लिएर भोट दिएको हो । यस वर्ष पनि जसले दुई हजारका दरले पैसा दिन्छ, उसैलाई भोट दिने हो,’ उनले भनिन् ।
भोट दिएबापत प्राप्त पैसा महिलाको हातमा पर्दैन । पैसा लिने विषयमा पुरुषले डिल गर्छन् । पुरुषकै निर्देशनअनुसार महिलालाई भोट दिन्छन् । मत दिन लिएको पैसा पुरुषले मादक पदार्थ खाएर सक्ने राधा बताउँछिन् ।
२५ वर्षअगाडि भएको निर्वाचनमा उम्मेदवार हेरेर भोट दिएको भए पनि अहिले पैसा दिनेलाई दिन थालिएको उनको भनाइ छ ।
‘२५ वर्ष अगाडिको चुनावमा पनि मैले मत खसालेको थिएँ । त्यतिबेला यस्तो माहोल थिएन, पहिले जनताले मान्छेलाई चिन्थे, अहिले सबैले पैसालाई चिन्न थालेका छन्,’ उनले भनिन् ।
बाँँच्नका लागि पैसा आवश्यक रहेकाले पैसा दिनेलाई भोट दिनु परेको स्थानीय ४० वर्षीया सोमनी मरिकले बताइन् । भोक टारेर बाँँच्न सकेमा पछि विकास हेर्न सकिने उनले बताइन् ।
‘हामीहरू बाँच्यौँ भने न विकास हेर्ने हो, सधैँ आर्थिक संकट झेल्दै आउनु परेको हाम्रो समुदायको पहिलो प्राथमिकता नै पैसा हो, जसले पैसा दिन्छ, उतै हाम्रो समुदायले भोट दिन्छ,’ मरिकले बताइन् ।
चुनाव पैसामुखी भएको ७५ वर्षीया जितनी रामले बताइन् । ‘इमान्दारिता र काम गर्ने व्यक्तिलाई भन्दा पैसा दिनेलाई भोट दिने र नेताले पनि काम गरेरभन्दा पैसा बाँड्ने गरेकाले अहिलेका चुनावहरू पैसामुखी बनेको छ,’ उनले भनिन् ।
चुनाव जितेर काम नगर्ने नेतालाई भोट दिन नहुने स्थानीय ७० वर्षीया शिवनारायण रजक सुझाव दिन्छन् ।
‘चुनावको बेला एक दुई हजारमा बिकेर फेरि काम नगर्ने नेतालाई जिताउने प्रवृत्ति स्थानीय स्तरमा बढेको छ,’ उनी भन्छन्, ‘यस्तालाई भन्दा काम गर्ने नेतालाई भोट दिनुपर्छ ।’
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया