विप्लवले जारी गरे सर्कुलर : सम्पत्तिको खोजीदेखि पैसा उठाएको भन्दै छानबिनसम्म

काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले १२ बुँदे सर्कुलर जारी गरेको छ । पार्टीले केन्द्रीय समिति बैठकपछि मातहतका निकायमा सर्कुलर पठाएको हो ।
कपिलवस्तुमा सम्पन्न केन्द्रीय समिति बैठकले लिएका निर्णयहरू कार्यान्वयन गर्न विप्लवले पार्टीका विभिन्न तहका नेताहरूलाई सर्कुलर पठाएका हुन् ।
सर्कुलरमा नेताहरूको कार्य विभाजन, सम्पत्ति विवरणको खोजी, पार्टी हितविपरीतका गतिविधि गर्नेलगायतका विषयमा रहेको छ ।
सर्कुलरमा स्थानीय तहको निर्वाचनका सन्दर्भमा पार्टीको धारणासमेत समेटेको छ । यस्तै, काठमाडौं उपत्यका पेरिफेरीका जिल्लामा कार्यरत केन्द्रीय सदस्य र जनवर्गीय संगठनका केन्द्रीय सदस्य एवम् फ्याक्सन इन्चार्जको संयोजक प्रकाण्डले गर्ने सर्कुलरमा उल्लेख छ ।
यसैगरी, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, प्रकाश डुम्रेलाई गल्ती महसुस गराई पार्टी सम्पर्कमा राखी काममा लगाउने, बैतडीका राजेन्द्र विष्ट र उद्योग व्यापार संगठनका प्रकाश बस्नेतको कारबाही फुकुवा, नेता भीम चापागाईँले लाखौँ पैसा उठाएर खाएको आरोप लगाउँदै त्यसबारे छानविन गर्नेलगायतका विषयमा समेत सर्कुलर जारी गरेको छ ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया