सशस्त्रभित्र आईजीपीभन्दा एआईजीपी बन्न तीव्र प्रतिस्पर्धा

काठमाडौँ । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल भोलि अर्थात चैत २८ गते अनिवार्य अवकाशमा जाँदै छन् । उनको अवकाशपछि सशस्त्रको २१ दिने महानिरीक्षकको लागि एआईजी पुष्पराम केसीलाई नियुक्त गर्ने तयारी रहेको उच्च स्रोतको दाबी छ ।
स्रोतका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले केसीलाई महानिरीक्षकमा नियुक्त गर्ने सम्भावना छ । केसीले २०४९ वैशाख १८ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गरेका थिए ।
उनी २०५८ सालमा डीएसपीमा बढुवा भएर सशस्त्रमा प्रवेश गरेका थिए । महानिरीक्षक बन्नका लागि केसीसँगै एआईजी रामशरण पौडेल पनि प्रतिस्पर्धामा छन् । यद्यपि, २१ दिनका लागि वरियता नमिचेर केसीलाई नै आईजीपी बनाउने सहमति सत्तारुढ दलबीच भएको छ ।
एआईजी बन्न तीव्र प्रतिस्पर्धा
शैलेन्द्र खनालको अवकाशपछि २१ दिनका लागि हुने आईजीपीभन्दा त्यसपछि रिक्त हुने एक एआईजीको बन्ने भन्नेमा सबैको ध्यान केन्द्रीत छ । प्रतिस्पर्धीबीच पनि सबैभन्दा बढी त्यसमा ध्यान केन्द्रीत छन् ।
तीन जना डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र सिपी गौतमबीच एआईजी बन्ने प्रतिस्पर्धा रहेको देखिन्छ । प्रतिस्पर्धामा रहेका तिनै जना एकै दिन डीआईजीमा बढुवा भएका थिए । २१ दिनपछि उनीहरूमध्येकै एक जनाले सशस्त्र प्रहरीको नेतृत्व समहाल्ने हुँदा तीव्र प्रतिस्पर्धा भएको हो ।
प्रतिस्पर्धामा रहेका अर्याल एक नम्बरमा छन् । पहिलो नम्बरमा भए पनि उनको हकमा दोस्रो नम्बरमा रहेका पौडेल र तेस्रो नम्बरमा रहेका गौतमले चुनौती दिइरहेका छन् । अर्याल पहिलो नम्बरमा भएकाले स्वभाविक रुपमा उनको सम्भावना बढी छ । तर, राजनीतिक पहुँचका आधारमा पौडेल र गौतमले अर्याललाई टक्कर दिएका हुन् ।
प्रतिस्पर्धामा रहेका अर्याल काठमाडौँका स्थायी बासिन्दा हुन् । उनलाई काठ क्षेत्रका कांग्रेसी नेताको साथ छ । सुर्खेत घर भएका पौडेलको पक्षमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, माओवादी नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्मा, पूर्व गृहमन्त्री शक्ति बस्नेत र नेता महेन्द्र बहादुर शाहीसम्म उनको बढुवाका लागि दबाब दिँदै आएको स्रोतको दाबी छ ।
केही दिनअघि आईजीपीको दौडमा कमजोर देखिएका तेस्रो वरियताका गौतम पछिल्ला दिनमा बलियो भएका छन् । स्रोतका अनुसार गौतमले आफूलाई प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको साथ रहेको दाबी गरेका छन् ।
नेपाली सेनामा कमाण्ड सम्हालेको आधारमा वरिष्ठता निर्धारण गरिने प्रचलन रहेजस्तो अर्ध सैन्य संरचनाको रुपमा रहेको सशस्त्रमा समेत कमाण्ड गरेका आधारमा वरिष्ठ निर्धारण गर्दा आफू पहिलो नम्बरमा रहेको उनको जिकिर छ । सोही आधारमा अर्याल र गौतमभन्दा आफू वरिष्ठ रहेको उनको दाबी छ ।
प्रधानमन्त्री देउवा र गृहमन्त्री खाँणले कसैको पक्षम खुलेर पक्षधरता देखाएको अवस्था नहुँदा सशस्त्रमा एआईजी बढुवको क्लाइमेक्स अझै अन्योलमा पर्दै गएको छ ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया