मंगलबार, माघ १३, २०८२

गठबन्धन संयन्त्र बैठकको निष्कर्ष : सुझाव अध्ययन गरी शीर्ष नेताबाट निर्णय हुने

मेरोन्यूज २०७८ चैत २७ गते १९:४४

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको पाँच दलीय चुनावी संयन्त्रको बैठक सम्पन्न भएको छ । बैठकमा स्थानीय तहबाट आएका प्रतिवेदनमाथि छलफल भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर काकीले जानकारी दिए ।

कार्कीका अनुसार बैठकमा गठबन्धनलाई निर्वाचनमा कसरी लैजाने भन्नेबारे सुझाव संकलन गरी शीर्ष नेतालाई बुझाउने काम भएको छ । उनका अनुसार भोलि बस्ने बैठकमा शीर्ष नेताहरूलाई सुझाव बुझाएर सोही तहबाट निर्णय हुने भएको छ ।

अधिकांश स्थानीय तहबाट प्रतिवेदन आइसकेको उनले बताए । सरकारमा रहेको पाँच दलले स्थानीय निर्वाचनमा गठबन्धन गर्न कांग्रेस नेता पौडेलको नेतृत्वमा संयन्त्र तयार गरेको थियो ।

प्रतिक्रिया