दाङमा तालमेल तयारीमा सत्तारुढ दल
दाङ । जिल्लाका सत्ता गठबन्धन दलअर्न्तगतका क्रियाशील राजनीतिक दलले स्थानीय निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका छन् । आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गरेरै जानु पर्ने सत्ता गठबन्धनमा रहेका दाङ पाँच राजनीतिक दलहरूले केन्द्रमा सुझाव समेत पठाइसकेका छन् ।
पाँच दलका जिल्ला स्तरीय नेताको बैठकले वैशाख ३० को स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच सहकार्य गरेरै जानुपर्ने सुझाव केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरेको कांग्रेस सभापति शंकरप्रसाद डागीले बताए ।
दाङमा सबै पार्टीको अवस्था, गत २०७४ सालको निर्वाचनमा मत परिणाम र वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै गठबन्धन दलहरू बीच चुनावी तालमेल गरेर जानुपर्ने निष्कर्ष निकालिएको सभापति शंकरप्रसाद डाँगीले भनाइ छ ।
बैठकमा नेपाली कांग्रेसका सभापति शंकरप्रसाद डाँगी, नेकपा माओवादी केन्द्रका संयोजक तुलसीराम पुन, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सुरामणि वेल्बासे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य र जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख जीवन भण्डारीको उपस्थित रहेको थियो ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया