कास्कीको रुपामा एमालेका ३ वडाध्यक्ष सिफारिस
मेरोन्यूज
२०७८ चैत २८ गते १५:५३
पोखरा । स्थानीय तहको चुनाव नजिकिएसँगै कास्कीमा दलहरूले आफ्ना उम्मेदवारको खोजी शुरु गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वडा तहबाट उम्मेदवार सिफारिस शुरू गरेको हो ।
एमालेले रुपा गाउँपालिकाका ३ वटा वडामा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । वडा नम्बर ५, ६ र ७ मा सर्वसम्मत उम्मेदवार टुंगो लागेको एमाले रुपा गाउँपालिकाले जनाएको छ ।
वडा नम्बर ५ मा राजन खनाल, ६ मा नारायण गुरुङ र ७ मा कृष्ण सुवेदी वडाध्यक्षको अन्तिम उम्मेदवार बनेका छन् । यसअघिको निर्वाचनमा ५ र ६ एमालेले जितेको हो भने ७ मा कांग्रेसले वडाध्यक्ष र एक जना सदस्य जितेको थियो ।
अध्यक्षसहित सदस्यको नामसमेत सिफारिस भएको बताइएको छ । बाँकी वडामा आजै साँझसम्म आन्तरिक प्रतिस्पर्धाबाट उम्मेदवारको टुंगो लाग्ने एमालेले जनाएको छ ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया