महालक्ष्मी बैंकद्वारा विद्यालयलाई सहयोग

काठमाडौँ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै वित्तीय सेवा दिँदै आएको महालक्ष्मी विकास बैंकको डडेलधुरा शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरर्गत विद्यालयलाई सहयोग गरेको छ । बैंकले अजयमेरु गाउँपालिकामा अवस्थित श्री सहश्रलिंग उच्च मा.वि. चमडालाई ह्वाइट बोर्ड तथा खानेपानी ट्याङ्की हस्तान्तरण गरिएको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीको पठन पाठनमा सहजताका लागि ७ थान ह्वाइट बोर्ड तथा पिउने पानीको सहजताका निम्ति हजार लिटर क्षमता भएको १ थान पानी ट्याङ्की हस्तान्तरण गरेको हो ।
कार्यक्रममा अजयमेरु गाउँपालिका वडा नं.२ का वडाध्यक्ष शिवराज भट्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि कृष्ण पाल, विद्यालयका प्रधानाध्यापक रन बहादुर ऐर, शिक्षक, विद्यार्थी, राजनितिक दलका प्रतिनिधि अन्य विभिन्न संघ सस्थाका प्रतिनिधिको उपस्थिति थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापकले विगतदेखि नै बैंकले उदाहरणीय काम गर्दै आएकोमा धन्यवाद दिए ।
उनले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्ने कुरा डडेल्धुरा शाखाका प्रबन्धक प्रकाश खड्काले जानकारी गराए ।
बैंकले देशभर १०३ वटा शाखामार्फत वित्तीय सेवाहरू दिँदै आएको छ । बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो बनाउन विभिन्न सेवा प्रदान गर्दै आएको छ ।
















दोलखामा समानुपातिक मतमा पनि पहिलो भयो रास्वपा
समानुपातिकतर्फ करिब ९१ लाख मतगणना हुँदा कुन दलले कति पाए ?
राष्ट्रियसभाका नवनिर्वाचित सांसदले लिए शपथ
बालेनको निर्वाचन खर्च १४ लाख १७ हजार
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
इलाम–२ मा सुहाङको अग्रता कायमै
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
कतारी नौसेना बहराइनमा सुरक्षित
प्रतिक्रिया