एमालेद्वारा ढकारी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत सिफारिस

अछाम । नेकपा एमाले ढकारी गाउँ संगठन कमिटीले आगामी स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सर्वसम्मत चयन गरेर पठाएको छ ।
संगठन कमिटीको भेलाले एमाले अछामका पुराना नेता धर्मबहादुर शाहीलाई अध्यक्ष र युवा नेतृ एमाले जिल्ला सदस्य मायादेवी बुढालाई उपाध्यक्षको उम्मेदवारका लागि सर्वसम्मत छनोट गरेर माथिल्लो कमिटीमा पठाएको हो ।
पालिका अध्यक्ष अमर सिंह बुढाको अध्यक्षतामा भएको बैठकमा उम्मेदवार छनौटका लागि गाउँपालिका संगठन कमिटी सचिव नहकुल साउदले राखेको प्रस्ताव भेलाले सर्वसम्मतअनुमोदन गरेको थियो ।
भेलामा ढकारी गाउँपालिका अन्तर्गतका ८ मध्ये ३ वटा वडामा वडा अध्यक्षका उम्मेदवार पनि सर्वसम्मत चयन भएका छन् । पालिकाको वडा नम्बर ३ बाट धनबहादुर बुढा, वडा नम्बर ४ बाट नैनसिंह बुढा र वडा नम्बर ८ बाट दिपेन्द्र खडकालमई वडा अध्यक्षको उम्मेदवारका लागि सिफारिस गरिएको हो ।
















फलेवासबाट एक वर्षमा पाँच सय २५ जना बसाइँसराइ
Nine districts at high risk of forest fire
37 days left to go for HoR Polls: Printing of ballot papers for PR system completed
काठमाडौं-तराईं द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया