मंगलबार, माघ १३, २०८२

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै, मुख्य एजेण्डा स्थानीय निर्वाचन

मेरोन्यूज २०७८ चैत २९ गते ७:१७

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । स्थानीय निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने विषयमा छलफल गर्न बैठक साँझ ४ बजे बस्ने भएको हो ।

सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कसरी निर्वाचन सफल बनाउने भन्ने विषयमा छलफल केन्द्रित हुने जानकारी दिए ।

बैठकमा स्थानीय निर्वाचनलाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने र गठबन्धन समर्थित उमेदवारहरुलाई कसरी विजय गराउने भन्नेबारेमा छलफल केन्द्रित हुने बताइएको छ ।

प्रतिक्रिया