गठबन्धनमा महानगर भागबन्डा : कांग्रेसलाई ललितपुर र बिराटनगर,माओवादीलाई भरतपुर अन्य कसलाई ?

काठमाडौं । सत्ता गठबन्धनले अघिल्लो निर्वाचनमा महानगरपालिकामा जुन पार्टीले जितेका छन् सोही पार्टीलाई दिने भएको छ ।
सत्ता गठबन्धनको आज पनि ४ बजे बैठक बस्दैछ । उक्त बैठकले अघिल्लो निर्वाचनमा जुन दलले निवार्चन जितेका थिए । सोही महानगरपालिका अहिले दिने निर्णय गर्ने तयारी गरेको छ ।
नेपाली कांग्रेसलाई ललितपुर, विराटनगर र नेकपा माओवादीले भरतपुर महानगरपालिका, जनता समाजवादी पार्टी (जसपा) वीरगंञ्ज महानगरपालिका दिने निर्णय भएको स्रोत बताउँछ ।
पोखरा महानगरपालिका र काठमाडौं महानगरपालिकाको भागबन्डाका विषयमा आज औपचारिक छलफल हुदैछ । यी दुई महानगरपालिका अघिल्लो निवार्चनमा नेकपा एमालेले जितेको थियो ।
कांग्रेसलाई काठमाडौं महानगरपालिका र माओवादीलाई पोखरा महानगरपालिका दिने विषयमा अनौपचारिक छलफल जारी छ ।
यता, नेकपा एकिकृत समाजवादी (नेकपा एस) ले पनि पाँच मध्ये एक महानगपालिका पाउँनुपर्ने दाबी गरेको छ । तर गठबन्धनले भने कुनै एक उपमहानगरपालिका नेकपा एसलाई दिने तयारी गरेको स्रोत बताउँछ । आजको बैठकमा एस मानेमा आजै महानगरको तालमेलको टुङ्गो लाग्ने स्रोतको भनाई छ ।
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया