गठबन्धनमा महानगर भागबन्डा : कांग्रेसलाई ललितपुर र बिराटनगर,माओवादीलाई भरतपुर अन्य कसलाई ?

काठमाडौं । सत्ता गठबन्धनले अघिल्लो निर्वाचनमा महानगरपालिकामा जुन पार्टीले जितेका छन् सोही पार्टीलाई दिने भएको छ ।
सत्ता गठबन्धनको आज पनि ४ बजे बैठक बस्दैछ । उक्त बैठकले अघिल्लो निर्वाचनमा जुन दलले निवार्चन जितेका थिए । सोही महानगरपालिका अहिले दिने निर्णय गर्ने तयारी गरेको छ ।
नेपाली कांग्रेसलाई ललितपुर, विराटनगर र नेकपा माओवादीले भरतपुर महानगरपालिका, जनता समाजवादी पार्टी (जसपा) वीरगंञ्ज महानगरपालिका दिने निर्णय भएको स्रोत बताउँछ ।
पोखरा महानगरपालिका र काठमाडौं महानगरपालिकाको भागबन्डाका विषयमा आज औपचारिक छलफल हुदैछ । यी दुई महानगरपालिका अघिल्लो निवार्चनमा नेकपा एमालेले जितेको थियो ।
कांग्रेसलाई काठमाडौं महानगरपालिका र माओवादीलाई पोखरा महानगरपालिका दिने विषयमा अनौपचारिक छलफल जारी छ ।
यता, नेकपा एकिकृत समाजवादी (नेकपा एस) ले पनि पाँच मध्ये एक महानगपालिका पाउँनुपर्ने दाबी गरेको छ । तर गठबन्धनले भने कुनै एक उपमहानगरपालिका नेकपा एसलाई दिने तयारी गरेको स्रोत बताउँछ । आजको बैठकमा एस मानेमा आजै महानगरको तालमेलको टुङ्गो लाग्ने स्रोतको भनाई छ ।















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
दुई हजार एक सय जना एमालेमा प्रवेश
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया