फिलिपिन्समा आँधीपछिको बाढीपहिरोमा कम्तीमा २५ जनाको मृत्यु

मनिला । फिलिपिन्समा समुद्री आँधीपछिको बाढीपहिरोमा परेर कम्तीमा २५ जनाको मृत्यु भएको छ । ६५ किलोमिटर प्रतिघन्टाको वेगमा आएको र स्थानीय रूपमा अगाटनसमेत भनिने मेगी आँधीबाट पूर्वी तट प्रभावित छ । बाढीपहिरोमा केही घाइते भएका छन् । शक्तिशाली आँधी आएपछि पूर्वी तटका १३ हजारभन्दा बढी मानिस आश्रयका लागि उच्च क्षेत्रमा भागेका थिए ।
मंगलबार उद्दारकर्ताका टोलीहरू अझै पनि पूर्वी र दक्षिणी तटहरूमा बिचल्लीमा परेका मानिसहरूलाई बाहिर निकाल्न प्रयास गरिरहेका छन् ।
भीषण वर्षा र हावाले विद्युत आपूर्ति अवरोध गर्नुका साथै घर तथा मैदान जलमग्न बनाएको थियो । बाढीका कारण गाउँमा पहिरो गएको थियो । उद्धारकर्ताहरू हिलोको दलदलमा हिंडिरहेको र जलमग्न घरहरू भएको क्षेत्रहरूमा पुग्न प्रयास गरिरहेको तस्बिर सामाजिक सञ्जालरूमा सेयर गरिएका छन् ।
बाढीपहिरोबाट लियती प्रान्त सबैभन्दा बढी प्रभावित छ । सो प्रान्तमा अहिलेसम्म २२ शव फेला परेको प्राप्त विवरणहरूमा जनाइएको छ । ‘म रोइरहेको थिए, किनकी नजिकै मानिसहरू पुरिएका थिए’, लियतीका एक स्थानीयले भने ।
आँधीपछिको बाढीपहिरोबाट दक्षिणी तटको डाभाओ क्षेत्रमा कम्तीमा तीन जनाको मृत्यु भएको राष्ट्रिय विपद् निकायले जनाएको छ ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया