केपी ओलीकै गृह जिल्लाका नेताले रुँदै छाडे एमाले (भिडिओसहित)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाका एमाले नेता डिल्लीराम घिमिरेले रुँदै पार्टी परित्याग गरेका छन् । मंगलबार मेचीनगरमा पत्रकार सम्मेलन गर्दै उनले रुँदै पार्टी परित्याग गरेका हुन् ।
मेचीनगर नगरपालिकाको मेयरको उम्मेद्वार सिफारिसमा आफूलाई हटाएको भन्दै एमाले जिल्ला कमिटी सदस्य घिमिरेले एमाले छाडेका हुन् । पत्रकार सम्मेलनमा उनले सहकर्मीहरूले आफूलाई पटक–पटक अन्याय गरेको बताए ।
‘३१ वर्षअघि पार्टी सदस्य प्राप्त गरेँ, निरन्तर रुपमा एमालेको इमान्दार कार्यकर्ताको रुपमा काम गरेँ, तर पार्टीका केही नेताले मेरो अवमूल्यन गरेर अवसरबाट वञ्चित गर्ने र घेराबन्दीमा पार्ने काम गरे,’ उनले भने, ‘मलाई पार्टीका नेताहरूले रुहाउँदै निष्काशन गरे, म आफैँ निस्किएको होइन, मलाई निस्किन बाध्य पारेका हुन् ।’
उनले पार्टीमा लामो जीवन बिताएपछि जिम्मेवारी र अवसरको आशा गर्नु स्वभाविक भएको बताए । ‘कसैलाई थपेर जिम्मेवारी दिने र कसैलाई अवसरबाट बञ्चिन गर्ने काम एमालेको स्थानीय नेतृत्वबाट भएको छ,’ उनले भने ।
पत्रकार सम्मेलन उनले भने, ‘मेरो आँशुले मलाई अन्याय गर्नेहरूलाई पिरोल्ने छ, जसले मलाई यो पार्टीबाट रुँदैरुँदै बाहिरिने अवस्था सिर्जना गराए ।’ एमाले छाडेको उनले आगामी दिनमा पनि जनताको पक्षमा काम गर्ने बताएका थिए ।
हेर्नुहोस् भिडिओ















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
प्रतिक्रिया