केपी ओलीकै गृह जिल्लाका नेताले रुँदै छाडे एमाले (भिडिओसहित)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाका एमाले नेता डिल्लीराम घिमिरेले रुँदै पार्टी परित्याग गरेका छन् । मंगलबार मेचीनगरमा पत्रकार सम्मेलन गर्दै उनले रुँदै पार्टी परित्याग गरेका हुन् ।
मेचीनगर नगरपालिकाको मेयरको उम्मेद्वार सिफारिसमा आफूलाई हटाएको भन्दै एमाले जिल्ला कमिटी सदस्य घिमिरेले एमाले छाडेका हुन् । पत्रकार सम्मेलनमा उनले सहकर्मीहरूले आफूलाई पटक–पटक अन्याय गरेको बताए ।
‘३१ वर्षअघि पार्टी सदस्य प्राप्त गरेँ, निरन्तर रुपमा एमालेको इमान्दार कार्यकर्ताको रुपमा काम गरेँ, तर पार्टीका केही नेताले मेरो अवमूल्यन गरेर अवसरबाट वञ्चित गर्ने र घेराबन्दीमा पार्ने काम गरे,’ उनले भने, ‘मलाई पार्टीका नेताहरूले रुहाउँदै निष्काशन गरे, म आफैँ निस्किएको होइन, मलाई निस्किन बाध्य पारेका हुन् ।’
उनले पार्टीमा लामो जीवन बिताएपछि जिम्मेवारी र अवसरको आशा गर्नु स्वभाविक भएको बताए । ‘कसैलाई थपेर जिम्मेवारी दिने र कसैलाई अवसरबाट बञ्चिन गर्ने काम एमालेको स्थानीय नेतृत्वबाट भएको छ,’ उनले भने ।
पत्रकार सम्मेलन उनले भने, ‘मेरो आँशुले मलाई अन्याय गर्नेहरूलाई पिरोल्ने छ, जसले मलाई यो पार्टीबाट रुँदैरुँदै बाहिरिने अवस्था सिर्जना गराए ।’ एमाले छाडेको उनले आगामी दिनमा पनि जनताको पक्षमा काम गर्ने बताएका थिए ।
हेर्नुहोस् भिडिओ
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया