मंगलबार, माघ ६, २०८२

बेवाारिसे अवस्थामा युवकको शव फेला

मेरोन्यूज २०७८ चैत २९ गते १४:४४

काठमाडौँ । कालीकोटको तिलागुफा नगरपालिका २ कैलासल्ला राहदह वनमा बेवारिसे अवस्थामा शव फेला परेको छ ।

Advertisement
thakur moters insidethakur moters inside

पहिचान नखुलेको एक पुरुषको शव स्थानीयवासीले फेला पारेका हुन् । शव फेला परेपछि स्थानीयवासीले जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका थिए ।

प्रहरीले घटनास्थलबाट शव बरामद गरेको छ । शव जिल्ला अस्पताल मान्ममा राखिएको र त्यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया