विदेशी ऋण नतिर्ने श्रीलंकाको घोषणा

काठमाडौँ । चरम आर्थिक संकटमा फसेको श्रीलंकाको विदेशी ऋण नतिर्ने घोषणा गरेको छ । श्रीलंकाको अर्थ मन्त्रालयले अन्तरिक अवधिका लागि सबै ऋणहरूको सेवा निलम्बन गर्ने जनाएसागै श्रीलंकाले विदेशी ऋण नतिर्ने घोषणा गरेको हो ।
मंगलबार त्यहाँको अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।
साथै देशको वित्तीय अवस्था थप खस्कन नदिन तथा ऋण पुनर्संरचनामा सबै ऋणीलाई समतामुलक व्यवहार निश्चित गर्न सरकारले आपतकालीन उपाय अपनाइरहेको बताइएको छ ।
श्रीलंकाको आर्थिक अवस्था हाल विदेशी ऋणसहित गम्भीर संकटमा फसेको विज्ञहरूले बताउँदै आएका छन् । सरकारले उपभोक्तालाई नियमित सेवा प्रवाह समेत गर्न नसक्दा राजधानी कोलम्बो सहितका सडकमा हजारौंको संख्यामा आम नागरिकहरू प्रदर्शनमा उत्रिएका छन् ।
२ करोड भन्दा धेरै जनसंख्या भएको श्रीलंकामा यतिबेला दैनिक उपभोग्य वस्तु पनि प्रवाह हुन सकिरहेको छैन । नागरिकहरू भने दैनिक रुपमा सडकमा उत्रिएर सरकारको विरोध गरिरहेका छन् ।
मंगलबार विदेशी ऋण नतिर्ने आशयसहित अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई लिएर टिकाटिप्पणी भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएएमएफ० ले अनुदान घोषणा गर्नुअघि नै श्रीलंकाले यसरी ऋण नतिर्ने जनाएको हो ।
यसैबीच श्रीलंकाले चीनसँग पनि थप ऋण सहायता माग गरेको छ । मंगलबार भने विज्ञप्ति जारी गर्दै विदेशी ऋण तिर्न नसक्ने जनाएको हो । अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बाह्य ऋण तिर्ने दायित्वबाट श्रीलंका स्वतन्त्र रहेको बताइएको छ ।

















बालेनको निर्वाचन खर्च १४ लाख १७ हजार
गुल्मीमा खोलामा डुबेर एक युवकको मृत्यु
समानुपातिक मतगणनाः सुर्खेत १ मा कांग्रेस, जुम्लामा नेकपा र सल्यानमा रास्वपा पहिलो
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
समानुपातिकमा तनहुँमा रास्वपा पहिलो
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
इलाम–२ मा सुहाङको अग्रता कायमै
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
प्रतिक्रिया