स्थानीय निर्वाचनमा सेना परिचालन गर्न अनुमति
मेरोन्यूज
२०७८ चैत २९ गते १७:०४

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचका लागि सेना परिचालन हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन सम्पन्न गर्न सेना परिचालन गर्न स्वीकृति दिएकी हुन् ।
‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्वत् २०७९ साल वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरू एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७८–१२–१७ को सिफारिस, मन्त्रिपरिषद्को मिति २०७८–१२–२४ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीज्यूको मिति २०७८–१२–२४ को सिफारिस,’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित
















त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
देशभरका यी नौ जिल्ला डढेलोको उच्च जोखिममा
‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत
दुई हजार एक सय जना एमालेमा प्रवेश
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया