राष्ट्रिय परिचयपत्रको अनलाइन इन्रोलमेन्टको काम राष्ट्रिय सभागृहबाट
काठमाडौँ । जिल्ला प्रशासन कार्यालयबाट हुँदै आएको राष्ट्रिय परिचयपत्रको अनलाइन इन्रोलमेन्टको काम राष्ट्रिय सभागृहबाट हुने भएको छ । गृह मन्त्रालयले एक सूचना जारी गरी आगामी दिनमा उक्त काम राष्ट्रिय सभागृहबाट हुने जनाएको हो ।
सेवाग्राहीको सहजता एवं सुविधालाई मध्यनजर गर्दै आजदेखि उक्त सेवा राष्ट्रिय सभागृहबाट शुरु भएको हो । साथै विभिन्न जिल्लाका नागरिकहरूको लागि यसअघि नै तोकिएका जिल्ला प्रशासन कार्यालय, काठमाडौं, जिल्ला प्रशासन कार्यालय, ललितपुर र नारायणहिटी दरबार परिसर (साविकको राहदानी विभाग)मा स्थापना एवं सचालन गरिएका स्टेशनहरू यथावत सञ्चालन रहने व्यहोरा गरिएको छ ।
यसका लागि नेपाली नागरिकताको सकल प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेमा सो खुल्ने प्रमाणपत्र, बसाइँ सराइ गरेको हकमा सोको सक्कल प्रमाणपत्र, विवाहिताको हकमा नागरिकतामा पति वा पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र वा नाता खुल्ने प्रमाणको सक्कल, राहदानी लिएकाको हकमा सक्कल राहदानी (सकल संभव भएसम्म) साथमा लिएर जानु पर्ने जनाइएको छ ।
















NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
प्रतिक्रिया